Headlines News :
Home » » अन्तराष्ट्रिय कराते र किक वक्सिङ प्रतियोगीता रुकुममा हुने

अन्तराष्ट्रिय कराते र किक वक्सिङ प्रतियोगीता रुकुममा हुने

Written By Unknown on Saturday, June 11, 2016 | 10:10 PM


गणेश सिर्पाली/जेठ ३०, रकुम । रुकुममा “प्रथम अन्तराष्ट्रिय कराते र किक वक्सिङ प्रतियोगीता” हुनेभएको छ ।



आगामी असार १०–१२ गते सम्म रुकुम सदरमुकाम खलंगामा पहिलो पटक अन्तराष्ट्रिय स्तरको प्रतियोगीता हुन लागेको हो । नेपाल क्योकुशिन बुदोकाई कराते संघ रुकुमको आयोजनामा हुन लागेको प्रतियोगीतामा नेपाल सहित भारतका खेलाडीहरुले सहभागीता जनाउने आयोजकले जानकारी दिएको छ ।

नेपालबाट सहभागी हुने खेलाडीको संख्या निश्चित नभएको तर भारतबाट १० जना खेलाडी सहभागी हुने निश्चित भएको नेपाल क्योकुशिन बुदोकाई कराते संघका जिल्ला अध्यक्ष मनवहादुर चनाराले जानकारी दिनुभयो । प्रतियोगीतामा ४० केजीदेखी माथीको तौल समुहमा प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो ।

पछिल्लो समय जिल्लामा कराते र किक वक्सिङका खेलाडीहरु उत्पादन भैरहेको अवस्थालाई मध्यनजर गर्दै प्रतियोगीता आयोजना गरिएको हो । नेपाल बाहिरका तथा नेपालका विभिन्न ठाउँका खेलाडीहरुलाई जिल्लामा ल्याएर यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने पनि आयोजकले लक्ष लिएको छ । प्रतियोगीताका विजेताहरुलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ । साझासबलबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger