Headlines News :
Home » » यात्रुसहित गुडिरहेको तुलसीपुर डिलक्स बसमाथि आक्रमण

यात्रुसहित गुडिरहेको तुलसीपुर डिलक्स बसमाथि आक्रमण

Written By Unknown on Tuesday, June 14, 2016 | 6:07 AM


जेठ ३२, दाङ । तुलसीपुर जिप तथा माईक्रो मिनिवस बस व्यवसायी समितिको यात्रुवहाक बसमाथि फेरि पनि तोडफोड भएको छ ।



दाङ-काठमाण्डौ सडक खण्डको धादीङको आदमघाटमा सोमवार राति ना ६ ख १२८६ नम्वरको बसमा तोडफोड भएको उक्त समितिले बिज्ञेप्ती मार्फत जनाएको छ ।

बसमा तोडफोड गर्दा वसमा यात्रारत यात्रुलाई सामान्य चोट पटक लागेको छ भने वसका सिसा फुटेका छन् । समितिका प्रशासनिक सचिव रामबहादुर डाँगीले मंगलवार एक बिज्ञेप्ती प्रकासित गरि आक्रमणकारिको पहिचान र कानुनी कारवाहीको माग गरेका छन् ।

साथै उनले यस्ता कार्यबाट गाडि दुर्घटना,भई अप्रिय घटना दुर्घटना भएमा त्यसको जिम्मेवारी आक्रमणकारीले नै लिनुपर्ने उल्लेख गरेका छन् । उनले यस्ता आक्रमण वाट समिति विचलित नहुने  उल्लेख गर्र्दै, बरु स्वच्छ रुपमा प्रतिपर्धा गर्न चुनौति पनि दिएका छन् । बिज्ञेप्तीमा आफुहरुले देखाएको सम्यमतालाई कमजोरी नठान्न चेतावनी पनि दिइएको छ । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger