Headlines News :
Home » » प्युठानका आठ गाबिसका सर्वसाधारण अध्यारोमा दैनिकी गुजार्दै

प्युठानका आठ गाबिसका सर्वसाधारण अध्यारोमा दैनिकी गुजार्दै

Written By Unknown on Thursday, June 16, 2016 | 11:09 PM


प्युठान, ३ असार । प्युठानका आठ गाविसका सर्वसाधारण अझै अध्यारोमा दैनिकी गुजार्न बाध्य भएका छन् ।१२ मेगावाट क्षमताको झिमरुक जलविद्युत्त आयोजना जिल्लामै संचालन भएपनि दुर्गममा पर्ने अर्खा, डामृ, खवाङ, खुङ, लिघा, पुँजा, रजवारा र स्याउलीवाङ गाविसमा अझैसम्म विद्युत्त विस्तार हुन सकेको छैन् ।



ति गाविसका स्थानीय टुकीकै उज्यालोमा रात बिताउन बाध्य रहेको डामृका डिल बहादुर थापाले वताउनुभयो । महंगोमा लघु जलविद्युत्त संचालन गरेपनि धेरै वर्ष टिक्न नसकेपछि टुकीको उज्यालोमा वाँचेको उहाँको भनाइ छ । गाउँमा केहीले सोलार जडान गरेपनि अधिकांशको घरमा टुकीको प्रयोग हुँदै आएको छ ।

गाउँमा विद्युत्त विस्तार गर्न माग गरेपनि सरोकार राख्ने निकायको ध्यान नगएको स्थानीयको भनाइ छ । रजवारा, अर्खा र खुङमा महंगोमा लघु जलविद्युत्त आयोजना संचालन गरेपनि भरपर्दो नभएको स्थानीय जंग पुनले वताउनुभयो ।  यस क्षेत्रमा पर्ने तीन गाविसका स्थानीयले अझैसम्म जिल्लामै उत्पादन भएको विद्युत्त उपभोग गर्न पाएका छैन ।

एक नगरपालिका र ४२ गाविसमध्ये अन्य गाविसमा विद्युत्त विस्तार भईसकेको नेपाल विद्युत्त प्राधिकरण विजुवार प्यूठानले जनाएको छ । विद्युत विस्तार नभएका अन्य गाविसमा विद्युत्तीकरण गर्नका लागि आवश्यक बजेट केन्द्रमा माग गरिएको प्राधिकरणले जनाउको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger