Headlines News :
Home » » एसएलसीमा D+ ग्रेड आएपछि छात्राले गरिन् आत्महत्या

एसएलसीमा D+ ग्रेड आएपछि छात्राले गरिन् आत्महत्या

Written By Unknown on Friday, June 17, 2016 | 12:41 AM


असार ३, बझाङ । कन्या मावि बटुलसेरा बुङगलमा अध्ययनरत छात्राले एसएलसीमा न्यून ग्रेड ल्याएको भन्दै आत्महत्या गरेकी छन ।


बिहिबार एसएलसी परिक्षाको नतिजा सार्वजनिक भएको दिन न्यून ग्रेड ल्याएको भन्दै पिपलकोट गाविस १ बस्ने १८ बर्षिया सपना कुमारी भण्डारीले रुखमा झुण्डिएर आत्महत्या गरेको कन्या मावि का शिक्षक अक्कल कुँबरले बताए । उनले भने विद्यालयका जेहन्दार विद्यार्थीले यसरी आत्महत्या गर्दा विद्यालय परिवार दुखित भएको छ ।

०७०२५२० जेड सिम्बोल नम्बर भएकी भण्डारीले डी प्लस १ दशमलव ३० जिपीय ग्रेड ल्याएकी थिइन । यसरी न्यून ग्रेड ल्याएको भन्दै कन्या मावि बटुलसेरा बुङगलमा अध्ययनरत छात्रा सपना भण्डारी घरभन्दा ५० मिटर टाढा रहेको रुखमा झुण्डिएर आत्महत्या गरेको डियसपी नरेन्द्र चन्दले बताए । भण्डारीको शव पोष्टमाटमका लागि प्राथमिक स्वाथ्थ्य केन्द्र रायल मा ल्याउदै गरेको उनको भनाइ छ ।

सरकारले एसएलसी परिक्षाको ८३ बर्ष पछि यसरी पहिलो पटक ग्रेडिङ सिस्टम प्रणाली बारे विद्यार्थी, अभिभावक र शिक्षक सबैलाई बुझाउन नसक्दा अन्यौल छाएको छ । सम्राट सिंह, साझासबालबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

+ comments + 2 comments

June 17, 2016 at 2:12 AM

बुझ्न र पढ्नन नसकेर एस्तो हुन गएको हो।

June 17, 2016 at 2:12 AM

बुझ्न र पढ्नन नसकेर एस्तो हुन गएको हो।

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger