|
|
त्यसको शंकामा पशु चिकित्सकको टोली त्यसक्षेत्रमा पुगेको छ । महामारीका रुपमा उक्त रोग फैलिएको जानकारी किसानहरुले दिएपछि केही खोप र औषधिसहितको टोली पञ्चकुले गाविस वडा नम्वर २ पञ्चकुलेमा पुगेको पशु चिकित्सक डाक्टर रमेशप्रसाद नेपालीले जानकारी दिनुभयो ।
४ दिन अघिदेखि झण्डै ३ सय बढी खसी बाख्रामा उक्त रोग देखिएपछि किसानले जिल्ला पशुसेवा कार्यालय घोराहीमा खबर गरेका थिए ।
रोगबाट संक्रमित ३ सय वटा बाख्रालाई पीपीआर खोप लगाइएको डाक्टर नेपालीले जानकारी दिनुभयो । केही दिन पहिले पञ्चकुलेमा ७ बढी खसी बाख्रा निमोनियाका कारण मरेका थिए । खस्सी बाख्रा मरेको देखेका त्यहाँका किसानले अर्काे रोगको संकेत देखेपछि पुनः चिन्तित भएका थिए । दाङ खबर अनलाइन
Post a Comment