|
|
वाणिज्य सघंको आज बसेको नियमित बैठकले यस क्षेत्रको कृषि , व्यापार, पर्यटन र उद्योगको प्रर्वद्धन र विकासका लागि महोत्सव संचालन गर्ने निर्णय गरेको हो । सघंका अध्यक्ष विमल रिजालको अध्यक्षतामा बसेको वैठकमा बोल्दै अध्यक्ष रिजालले बाणिज्य संघले शुरु गरेको क्लीन तुलसीपुर ग्रिन तुलसीपुर अभियानलाई प्रभावकारि रुपमा अगाडि बढाउनका लागी सवैको सहयोगको अपेक्षा गर्नू भयो ।
साथै रिजालले आर्थिक वर्ष ०७२–०७३ मा बाणिज्य संघले उल्लेख्य काम गरेको भन्दै सहयोग पु¥याउने सवै प्रति धन्यबाद समेत ब्यक्त गर्नू भयो । साथै रिजालले आगमि दिनमा समेत सवैको सहयोग र समर्थन लिएर अगाडि वढने र त्यसका लागी सवै पदाधिकारि एव सदस्यहरुको समेत सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिनुभयो । वैठकमा गत वर्ष संघले गरेको सामाजिक कामहरुको समिक्षा समेत गरिएको थियो ।
Post a Comment