|
|
जिल्लाको त्रिपुर नगरपालिका वडानम्वर ८ गणेशपुरका भिमसेन वलीले आफ्नै घरको पालीमा झुण्डिएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय नारायणपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय नारायणपुरका प्रमुख धनबहादुर केसीका अनुसार दिनभर खेत रोपाई गरेर आएका २६ वर्षिय वली गए राति ९/१० वजे घरबाट निस्किएका थिए ।
परिवारका सदस्यले रातभर खोज्दा फेला नपरेका वली बिहान गोठको पालीमा झुण्डिएको अवस्थामा फेला परेका थिए । -दाङखबरबाट
Post a Comment