Headlines News :
Home » » माओवादीलाई मन्त्री छान्ने चटारो, राप्तीका तीनजना मन्त्री बन्दै

माओवादीलाई मन्त्री छान्ने चटारो, राप्तीका तीनजना मन्त्री बन्दै

Written By Unknown on Saturday, July 16, 2016 | 5:18 AM


साउन १, दाङ । केपी ओली नेतृत्वको सरकारबाट बाहिरिएर नयाँ सरकार निर्माणको कसरतमा जुटेको माओवादी केन्द्रमा मन्त्री छान्ने चटारो सुरु भएको छ । कांग्रेससँग मिलेर नयाँ सरकार गठन गर्दै गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मन्त्री छान्ने चटारो सुरु भएको हो ।



प्रचण्डले आफ्नो नेतृत्वमा गठन हुने भावी सरकारको संरचना र त्यसमा पार्टीको प्रतिनिधित्वका लागि विशेष गृहकार्यको जिम्मेवारी महासचिव कृष्णबहादुर महरालाई दिएका छन्। यसअनुसार महराले पार्टीको नेतृत्वसँग अनौपचारिक परामर्श थालेको जानकारी स्रोतले दियो ।

महराले गृहकार्यको आधार संविधान कार्यान्वयन, शान्ति सम्झौताअन्तर्गत द्वन्द्वकालीन मुद्दाको निरुपण, सक्षम र प्रभावकारी संक्रमणकालीन न्याय र जनमुखि दृष्टिकोण राखेका छन् । प्रचण्डले पहिलो पटक प्रधानमन्त्री हुँदाको ९ महिने कार्यकालको समीक्षासमेत गरिरहेको स्रोतले बतायो । पहिलो पटक उनी २०६५ भदौ २ देखि २०६६ जेठ ११ गतेसम्म प्रधानमन्त्री भएका थिए ।

माओवादी केन्द्रबाट उपप्रधान एवं अर्थमन्त्रीमा कृष्णबहादुर महरा, स्थानीय विकासमन्त्री जनार्दन शर्माको नाम आएको छ । त्यस्तै गिरिराजमणि पोखरेल र हितराज पाण्डे पनि मन्त्रीको सूचीको अग्रभागमा रहेको स्रोतले बतायो । यसैगरी कर्णालीबाट महेन्दबहादुर शाही, मधेसबाट प्रभु शाह, महिलाबाट रेखा शर्मा नभए सीता नेपाली, थारुबाट गौरीशंकर थारु वा बुद्धिसागर चौधरी, दलितबाट दलजित श्रीपालीको नाम मन्त्री हुने सूचीमा छ ।

पोखरेल र शर्मालाई वर्तमान सरकारमा रहँदा प्रभावकारी काम गरेको भन्ने मूल्यांकन माओवादी नेतृत्वले गरेको छ । दाङखबरबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger