Headlines News :
Home » » दाङमा महिला हत्यामा संलग्न अभियुक्तहरु प्रहरी फन्दामा

दाङमा महिला हत्यामा संलग्न अभियुक्तहरु प्रहरी फन्दामा

Written By Unknown on Friday, July 22, 2016 | 6:19 AM


साउन ७, दाङ । केहि हप्ता पहिले दाङको देउखुरीमा भएको महिलाको हत्यामा संलग्न अभियुक्तहरुलाइ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।



गत असार २२ गते देउखुरीको सतवरीया गाविस ८ रिहरामा किराना पसल गरी वस्ने २८ वर्षकी बालिका चौधरीको चुक्कु प्रहार गरी हत्या भएको थियो ।

उनको हत्या गरी फरार रहका अभियुक्तहरु दाङ लौरीरिहार वस्ने ३२ वर्षका सिताराम चौधरी र सोही ठाँउका २७ वर्षका श्रवण चौधरीलाइ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

बालिकाको हत्या गरी पसलमा रहेको नगद समेत लुटपाट गरी फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङवाट खटिएको प्रहरीको विशेष टोलीले लमही वजार क्षेत्रवाट पक्राउ गरेको दाङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।

साथै प्रहरीले उनीहरुको साथवाट हत्यामा प्रयोग गरिएका चक्कु, सावेल र फलामको रड समेत वरामद गरेको हो । निज दुवै जनाले आफुले गरेको अपराध स्विकार गरिसकेको र प्रहरी हिरासतमा राखी थप अनुसन्धान कार्य जारी राखेको एसपी सिंहले वताउनुभयो । स्रोत: तुलसीपुर अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger