Headlines News :
Home » » दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा एक वालकको मृत्यु , १९ जना घाईते

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा एक वालकको मृत्यु , १९ जना घाईते

Written By Unknown on Saturday, July 23, 2016 | 6:30 AM


साउन ७, दाङ । देउखुरीको लममहीमा शनिवार वस दुर्घटना हुदा एक वालकको मृत्यू भएको छ, भने १९ जना घाईते भएका छन् ।

घोराही वाट लमही तर्फ आउदै गरेको रा १ ख ४५५ नम्वरको माईक्रोवस लमही नगरपालीका वडा नं. ११ रातो डाँडामा दुर्घटना सिसहनिया ६ निवासी मिलन गिरीका छोरा १२ वर्षका निरज गिरी मृत्यू भएको वडा प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी गढवा गाविस वडा नं.६ मानपुर निवासी १६ बर्षिय राजेश चौधरी, सोही ठाउँ निवासी २३ वर्षीय उर्मिला चौधरी, सिसहनिया ५ निवासी ६८ वर्षका टेक बहादुर वली, घोराही १० निवासी ४७ वर्षका अब्दुल हनान, सोही ठाउँ निवासी ५० वर्षको अब्दुल मनान, विजौरी ४ निवासी १८ वर्षकी कोपीला वस्नेत घाईते छन् ।

यसैगरी ठेगाना खुल्न नसकेकी २२ वर्षकी रिमा, घोराही नगरपालीका ३ निवासी १२ वर्षिय उर्मिला नेपाली, गंगापरस्पुर ७ निवासी १६ बर्षिय सुमित्रा चौधरी, सोही ठाउँकी १६ वर्षकै सिलसिला चौधरी, ५२ बर्षिय माली चौधरी, सिसहनिया ७ निवासी ३० बर्षिय दील चौधरी, लालमटीया ३ निवासी १९ वर्षिय पुष्पा थापा, वेला १ मटेरीया निवासी १७ बर्षिय यूवराज यादव लगाएत घाईते भएका छन् ।

घाईतेहरुको कोहलपुर, घोराही र लमहीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । वसको अगाडीको पट्टा भाँचीदा दुर्घटना भएको प्रहरीले जनाएको छ । वस र चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ । स्रोत: तुलसीपुर अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger