Headlines News :
Home » » रोल्पामा पहिरोमा पुरिँएर चारको मृत्यु

रोल्पामा पहिरोमा पुरिँएर चारको मृत्यु

Written By Unknown on Wednesday, July 27, 2016 | 1:12 AM


साउन १२, रोल्पा । पहिरोले घर पुर्दा रोल्पाको उवा–९ घुस्रीमा चार जनाको ज्यान गएको छ ।



घुस्रीमा नन्दबहादुर पुनको घर माथिबाट खसेको पहिरोले पुर्दा नन्दबहादुरकी श्रीमती ३७ वर्षकी मनकुमारी पुन, छोराहरु १४ वर्षका विकास, ८ वर्षका निकाश तथा ११ वर्षकी छोरी आशा पुनको ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी नायब निरीक्षक देबबहादुर खड्काको नेतृत्वमा गएको प्रहरी टोलीले पुरिएको व्यक्तिको शव निकालेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताउनुभयो ।

घटना मंगलबार भएको भएतापनि थबाङसँग जोडिएको दुर्गम ठाउँ भएकाले प्रहरी बुधबार मात्रै घटनास्थल पुगेको हो । यस्तै पहिरोले घर पुर्दा गुम्चाल–३ की २ वर्षकी सुनिता बिकको मंगलबार ज्यान गएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger