|
|
तर पानीले भिजेको रुखमा चढ्दा निकै सावधानी अपनाउनुपर्ने हुन्छ । किनकी वर्षायाममा रुख चढ्दा चिप्लीएर लढ्न सक्ने सम्भावना रहन्छ । अफ्ठ्यारो ठाउँ भयो भने रुखबाट खसेर ज्यानै जान सक्छ । सल्यानमा आइतबार साँझ रुखबाट खसेका एक किशोरको ज्यान धन्न जोगिएको छ ।
सारपानी गर्पा ४ गोठिवन निवासि यज्ञ बहादुर चन्दको १५ वर्षीय छोरा कुल बहादुर चन्द चिउरिको फल खान रुखमा चढेको बेला खसेर घाइते छन् ।पानीले भिजेर चिप्लो भएको रुख र त्यसमाथी पनि झिसमिसे साँझको समयमा उनी चिउरिको रुखमा चढेका थिए ।
रुखबाट खसेका उनको टाउको, हात र खुट्टामा चोट लागेको स्थानीय बल बहादुर बुढा मगरले जनाए ।घाइते कुल बहादुरलाइ कपुरकोटमा सामान्य उपचार पछि थप उपचारका लागी दाङतर्फ लगीएको छ ।
Post a Comment