Headlines News :
Home » » घोराहीको गोर्खा हस्पिटलमा बिरामीको मृत्यु भएपछी तनाव, आफन्तले सव उठाउन मानेनन्

घोराहीको गोर्खा हस्पिटलमा बिरामीको मृत्यु भएपछी तनाव, आफन्तले सव उठाउन मानेनन्

Written By Unknown on Sunday, July 10, 2016 | 10:09 PM


असार २७, दाङ । दाङ घोराहीको गोर्खा हस्पिटलमा उपचारका लागि भर्ना भएका एक बिरामीको मृत्यु भएपछी हस्पिटस्ल क्षेत्र अहिले तनाव ग्रस्त छ ।



घोराही नगरपालिका ६ गिठेपानी निवासी २७ बर्षीय रामु रोका मगर लाइ एपेण्डिक्स भएपछी परिवारले हस्पिटल पुर्याएका थिए ।अस्पतालले उनलाई एपेण्डिक्स भएको बताएपछि परिवारको मन्जुरीमा बिरामी रामुको  एपेण्डिक्सको अप्रेसन गरिएको थियो ।

अप्रेसन गरिसकेपछि आरामका लागि वार्डमा राखिएका रामुलाई असहज भइ उनि छटपटाउन थालेपछि परिवारले तुरुन्त हस्पिटललाई जानकारी गराएको र नर्सहरु डाक्टरलाई खबर गर्नुको साटो उल्टो बिरामीका आफन्त लाई नै हप्काएकाले हस्पिटलको गम्भीर लापरबाहीका कारण रामुको मृत्यु भएको परवार तथा आफन्तहरुको दावी छ ।


दोषी लाई कडा कारबाहीको माग र मृतकका आफन्त हरुलाई उचित क्षतिपुर्तीको माग गर्दै परिवार तथा आफन्त जान अहिले आन्दोलनमा छन् मृतक रामुको आमा, श्रीमती र एक नावालिका छोरी छिन । स्रोत: इन्द्रेणी अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger