|
|
सल्यान जिल्लाको फलावाङ गाविस वडा नं. ८ घर ६३ वर्षीय भिमवहादुर चलाउनेको निर्माणाधिन पर्खाल भत्केर मृत्यु भएको प्रहरीले बताएकोछ ।
तुलसीपुर ३ गणेशपुर चौक स्थित कृष्ण रिजालको घरको पर्खाल लगाउने क्रममा त्यसवाट खसेर चलाउनेको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रकाश राज शर्माले जानकारी दिए । पर्खालवाट खसेर गम्भिर घाइते भएका चलाउनेको उपचारका लागि रााप्ती अञ्चल अस्पताल लैजाँदै गर्दा वाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।
यसैबीच राप्ती नदीमा डुवेर एकजना बालकको मृत्यु भएको छ । दाङ र अर्घाखाँचीको सिमानामा पर्ने राप्ती नदीमा अन्दाजी १२ वर्षीए वालकको शव फेला परेपनि पहिचान भने हन नसकेको प्रहरीले जनाएको छ । मृतकको शव अहिले पोष्ट मार्टमका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा पोष्ट मार्टमका लागि राखिएको छ । स्रोत: तुलसीपुर अनलाइन
Post a Comment