|
|
पक्राउ परेका सबै जुवाडेलाई आइतबार अदालतबाट म्याद थप गरी थप अनुसन्धानका लागि थुनामा राखिएको छ ।
प्रहरी स्रोतका अनुसार तुलसीपुरका न्यू होटेल हिमालमा जुवाको खालबाट ७२ हजार ३ सय २० रुपैया“ नगद पनि बरामद भएको थियो । छापाहान्ने क्रममा सशस्त्र प्रहरीका हवल्दार थापासहित उनीहरुले प्रहरीलाई चेतावनीसमेत दिएको प्रहरी स्रोतले बताएको छ ।
यसअघि गत शनिबार मात्रै दाङको तुलसीपुर र घोराही क्षेत्रबाटै एकैदिन प्रहरीले २१ जुवाडे पक्राउ गरेको थियो । यसअघि तुलसीपुरको बाहिनी चौकस्थित खुसी होटेलमा जुवाको खालमा छापा हान्न गएका एकजना प्रहरी निरीक्षक माथि नेपाली सेना अधिकृतले निर्घात कुटपिट गरेका थिए । स्रोत: rsamachar
Post a Comment