Headlines News :
Home » » चरित्रका कारण भतिजाले नै अन्टी हत्या गरेको रहस्य प्रहरीद्धारा सार्वजनिक

चरित्रका कारण भतिजाले नै अन्टी हत्या गरेको रहस्य प्रहरीद्धारा सार्वजनिक

Written By Unknown on Saturday, July 23, 2016 | 6:30 AM


साउन ८, दाङ । प्रहरीले अन्टिको हत्याको अभियोगमा उनकै भतिजा सहित थप अर्का एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । दाङ सतबरिया ८ मा पसल गर्दै आएकी २८ वर्षीया बालिका चौधरीको असार २२ गते मध्य रातमा धारिलो हतियार प्रयोग गरि हत्या भएको थियो ।



बालिकाको हत्यामा सतवरिया ८ लौरी रिहार निवासी ३२ बर्षीय भतिजा सिताराम चौधरी सहित सोही ठाउँ निवासी २७ बर्षीय श्रवन चौधरीलाई प्रहरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी प्रमुख धिरज प्रताप सिंहले बालिकाको हत्यापछि उनीहरुले पसलबाट १ हजार ९ हजार १३ रुपैंया समेत लगेको बताए ।

अभियुक्तहरुको साथबाट हत्यामा प्रयोग गरिएको एकथान चक्कु , साबेल, र फलामको रड समेत बरामत गरिएको एसपी सिंहले बताए । उनीहरुले बालिकाको हत्या गरेको स्वीकार गरिसकेको भएपनि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको एसपीसिंहले बताए ।

यस्तो रहेछ बालिकाको हत्याको कारणहत्यागरिएकी बालिकाका श्रीमान विदेशमा छन् र उनको चरित्रको वारेमा गाउँमा नकारात्मक टिका टिप्पनी हुँदै आएको थियो । त्यसैले भतिजोले अन्टिलाई पटक÷पटक गलत आचरण त्याग्न आग्रह गर्दै आएका थिए ।

‘सितारामले अन्टीलाई गलत काम छोड्नुहोस समाजमा हाम्रो बदनाम हुँदै गएको छ र भोलि हाम्रा श्रीमती पनि विग्रन्छन् भनेर सम्झाउँदै आएको रहेछ तर, अन्टी बालिकाले आचरण नसुधारेको झोकमा हत्या भएको देखिन्छ ।’एसपीसिंहले भने ‘ महिलाको आचरणकै कारण हत्या भएको देखियो ।’ हत्या भएको दिन असार २२ गते पनि बालिका चौधरी सहित स्थानीय ४ जना युवाहरुले मदिरा खाईरहेका थिए ।

त्यतिवेला बालिकाको भतिजा उनको पसलमा गए । तर उनकै अगाडी मदिरा सेवन गरेका व्यक्तिहरुले अन्टी वालिका माथि हातपात मात्रै गरेनन् मनपरी अस्लिल शब्दहरु प्रयोग गरेका थिए । त्यो सहन नसकी भतिजा सिताराम बाहिरीय । उनले बाहिर आएर साथि श्रवन चौधरीलाई बोलाएर आए । त्यहाँ आउनुको उदेश्य मदिरा सेवनगरी मनपरी गरिरहेका युवाहरुलाई कुटपिट गर्नु थियो ।

तर सिताराम र श्रवन त्यहाँ जाँदा ती मदिरा खाँदै गरेको चार जना युवा गइसकेका थिए । भतिजा सितारामले अन्टीलाई किन वृश्यावृती गर्नुहुन्छ भन्ने कुरा गरेछन् । तर अन्टी बालिकाले उल्टै तलाई के मतलव भनेर ढोका वाहिर ढकेल्दै ढोका लगाउन प्रयत्न गरिन ।

ढोका घचेटाघचेट हुँदै गर्दा सिताराम र श्रवन आक्रोसमा आएर चक्कु, रड लगाएतका बस्तुले आक्रमण गरि बालिका चौधरीको हत्या गरेको खुल्न आएको एसपी सिंहले जानकारी दिए । स्रोत : तुलसीपुर अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger