Headlines News :
Home » » दाङमा अबैध म्यानपावर कम्पनी चलाएका दुई जना प्रहरी फन्दामा

दाङमा अबैध म्यानपावर कम्पनी चलाएका दुई जना प्रहरी फन्दामा

Written By Unknown on Sunday, July 24, 2016 | 7:05 PM


साउन १०,  दाङ । गैरकानुनीरुपमा मानिसहरुलाई बिदेश पठाउदै आएको भन्दै प्रहरीले आईतबार दाङमा दुई जनालाई पक्राउ गरेको छ ।



बैदेशिक रोजगार बिभागबाट लाईसेन्स खारेज भैसकेको र घोराहीमा खोजी रिक्रुटमेन्ट सर्भिसेज प्रालीको नामबाट मानिस बिदेश पठाएको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सौडियार १ का ३७ बर्षिय नारायणबहादुर अधिकारी र मानपुर ५ का २७ बर्षिय दिवाकर पाण्डे रहेको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए । विभिन्न व्यक्तिहरुलाई बिदेश पठाउनका लागि लिएको ९ थान पासपोर्ट र विभिन्न काजगत समेत जफत गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको विषेश प्रहरीको टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको र आबस्यक कार्वाहीका लागि बैदेशिक रोजगार बिभाग काठमाडौमा पठाईने एसपी सिंहले बताए । जिल्लामा प्रहरीले ३ दर्जन म्यानपावर कम्पनीमा निगरानी राख्दै छानबिनको दायरामा ल्याएको छ । स्रोत: तुलसीपुर अनलाइन


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger