Headlines News :
Home » » प्रचण्ड प्रधानमन्त्री भएपछि रोल्पाबासी के भन्छन ? (भिडियोमा हेर्नुहोस)

प्रचण्ड प्रधानमन्त्री भएपछि रोल्पाबासी के भन्छन ? (भिडियोमा हेर्नुहोस)

Written By Unknown on Thursday, August 4, 2016 | 6:40 AM


पहलमान घर्ती/साउन २०, रोल्पा । माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ प्रधानमन्त्री बने पनि १० वर्षे माओवादी युद्धको उद्गम थलो रोल्पाका जनता पुरै आशावादी बन्न सकेका छैनन ।



विगतमा प्रधानमन्त्री बने पनि दाहालले केही गर्न नसकेको भन्दै मन खिन्न बनाएका जनताले यस पटक भने केही आशा भने राखेका छन् ।

देशमा आमुल परिवर्तन गर्ने भन्दै दाहाल नेतृत्वको तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गते रोल्पाबाट राज्यसत्ताविरुद्ध लडाई सुरु गरेको थियो । र यो युद्ध हाँक्नेक्रममा दाहाल लामो सयमसम्म रोल्पाली जनताको घरमा बसेका थिए ।

उनै दाहाललाई संविधानसभाको पहिलो निर्वाचनमा रोल्पाबासीले भारी मतले विजयी गराएका थिए । त्यसपछि प्रधानमन्त्री बनेका दाहालले रोल्पाका लागि पटक्कै केही गर्न नसकेको भन्दै रोल्पाबासी निराश छन् ।

दाहाल दोस्रो पटक प्रधानमन्त्री बनेपछि पनि रोल्पातिर पनि ध्यान दिने उनीहरुको झिनो आशा भने कायमै छ । पहिलो संविधानसभामा चुनाव जिते पनि पछि रोल्पाको त्यही क्षेत्र छाडेपछि रोल्पालीहरु अब दाहालले रोल्पालाई हेर्न छाडेको ठान्छन् । दोस्रो पटक प्रधानमन्त्री बनेपछि दाहाल सुध्रिएको आशा गरेको वताउने रोल्पालीहरु केही हुन्छ कि भन्ने आशामा छन् ।



सर्बाहारा वर्गको जीवनमा परिवर्तन ल्याउने भन्दै दाहालको नेतृत्वमा भएको युद्धका क्रममा थुप्रै रोल्पालीले ज्यान गुमाएका थिए भने कैयौं घाइते, अपाङ्ग भएका थिए ।

विगतमा रोल्पा आउँदा मोटरबाटो, शिक्षा स्वास्थ्य जस्ता जनताका माग पुरा गर्ने आश्वासन दिएका दाहालले त्यसपछि आफुहरुलाई विर्सिएको वताउँछन् थवाङका अमित मगर ।

माओवादी युद्धको केन्द्रीय थलो रोल्पा र रोल्पाका बासिन्दाको अवस्था अहिले पनि उस्तै छ । सर्वाहारा जनताको मुक्ति र न्यायका लागि भन्दै रोल्पाको जमिन र रोल्पालीको घरबाट लडाई लड्नेहरुले अब रोल्पालाई कति न्याय गर्छन् । हेर्न बाँकी छ । स्रोत: इमेजखबर

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger