Headlines News :
Home » » दाङको पातुखोलाले बगाएका ८ जना मानिसहरुको उद्धार यसरी भयो !

दाङको पातुखोलाले बगाएका ८ जना मानिसहरुको उद्धार यसरी भयो !

Written By Unknown on Friday, August 5, 2016 | 2:38 AM


वालाराम खड्का/साउन २१, तुलसीपुर । शुक्रवार विहान पातुखोलामा एकाएक बाढी आयो । बाढीले ८ जनालाई बगायो र १ सय ५० घर परिवार विस्थापित भए । बाढीले एकैसाथ तीन जना बालबालिका र एक जना बृद्ध सहित ८ जनालाई बगाएको थियो ।



जसमध्ये ३ जनाको अवस्था गम्भिर रहेको बताइएको थियो । त्यसैले पातुखोलामा आज विहान मानिसहरुको एकाएक दौडधुप सुरु भएको थियो । उद्धारका लागि दर्जनौ व्यक्तिहरुको दौडधुप भइहरेको थियो । कोही स्ट्रेचरमा विरामी ओसारी रहेका थिए भने कोही खोला किनारमा ढलिरहेका विरामीलाई जतिहुन्छ छिटो त्यहाँवाट निकाली प्राथमिक उपचार गर्दे थिए ।

तर यो सत्य घटना हैन । काल्पनिक मात्रै हो ।यो बास्तवमा आपतकालिन अवस्थामा कसरी उद्धारगर्ने भन्ने वारेमा आपत कार्यदलले गरेको एउटा नमुना अभ्यास मात्रै थियो । नाटकिय रुप भएपनि एकाएक पातुखोलामा गरिएको अभ्यास देख्दा कतिपय सर्वसाधारण मानिस अत्तालिएका थिए ।

तर यो अभ्यास मात्रै थियो वा नाटक मात्रै थियो भन्ने थाहाँ पाएकाहरु भने उक्त दृष्य देखेर पेटमिचिमिचि हाँसिरहेका थिए । कपितय बटुवाहरु भने के नानाभाँति , अनाभाँति गरिरहेका होलान , काम नापाएकाहरु भन्ने खालको टिकाटिप्पनी गरिरहेका थिए ।



किनकि बाढीले बगाएकाहरुलाई आपतकालिन उद्धार कार्यदलले पातुखोलाको पुन नजिकै बाट उद्धार गरिहेको देखाइएको थियो । स्थानीय स्यवसेवकहरुले घटना स्थलमा प्रारम्भिक उपचार पछि उनीहरुलाई थपउपचारका लागि अस्पताल पठाउन निकै मेहनतपूर्वक काम गरिरहेका थिए ।

कतिपयललाई थप उपचारका लागि नेपालगञ्ज पठाउन भन्दै तयारीको अभिनय गरिएको थियो ।यतिमात्रै हैन उद्धार दलका कतिपय बाढीको उच्च जोखिममा रहेको तुलसीपुरका वडा नं. ५ र ९ का वसपार्क छेउछाउका स्थानीहरुलाई सुरक्षित ठाउँ सार्नको लागि तल्लिन थिए । उनीहरुले स्थानीय सवैलाई सुरक्षित रहनपनि अपिल गरिरहेका सुनिन्थे ।

तत्कालै तुलसीपुर नगरपालिकाको विपद् व्यवस्थापन समितिको वैठक पनि पातुखोला क्षेत्रमै बस्यो ।बैठकले तत्काल बाढी पिडीतहरुलाई राहत प्रदानगर्ने निर्णय पारित गर्यो र त्यसका लागि जिल्ला प्रशासन कार्यालय, रेडक्रसलगायतका निकायहरुलाई आवस्यक सहयोगको लागि अनुरोध गर्ने निर्णय भएको भन्ने जानकारी तुलसीपुर नगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले पत्रकारलाई जानकारी दिए ।

स्थानीय विपद् व्यवस्थापन समिति तुलसीपुर नगरपालिको अयोजनामा शुक्रवार तुलसीपुरमा यसरी नै विपद् व्यवस्थापन सम्वन्धि नमुना अभ्यास गरिएको थियो ।

समितिका अध्यक्ष टोपेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा अपाङ्ग मानव अधिकार संरक्षण मञ्च दाङका अध्यक्ष कृष्णलाल चौधरी, जिल्ला विकास समिति दाङका सूचना अधिकृत कृष्ण केसी, आपत्कालिन कार्यसंचालनका खिलानाथ दाहाल, खोज तथा उद्धार समितिका संयोजक मुक्तिप्रसाद न्यौपाने, पूर्व सूचना प्रणालिका संयोजक कविराज आचार्य,महिला स्वयम सेवक राधादेवी न्यौपानेलगायतले नमुना अभ्यासले धेरै स्थानी र सर्वसाधारणले सचेत रहन पाठ सिकाएको बताएका थिए । उक्त नाटकिय स्वरुपको नमुना कार्याक्रमको सहजीकरण नगरपालिकाका सूचना प्रमुख झरेन्द्र खरेलले गरेका थिए । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger