Headlines News :
Home » » दाङमा पेस्तोल देखाएर करणी गरेको अभियोगमा एकजना प्रहरी फन्दामा, हतियारसहित अन्य ३ जना पक्राउ

दाङमा पेस्तोल देखाएर करणी गरेको अभियोगमा एकजना प्रहरी फन्दामा, हतियारसहित अन्य ३ जना पक्राउ

Written By Unknown on Tuesday, August 30, 2016 | 6:43 AM


निमुसंगम घर्ती/भदौ १४, दाङ । हतियार देखाई जवरजस्ती करणि गरेको अभियोगमा दाङमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
गएको असार ८ गते जवरजस्ती करणी गरी कहि कतै भने ज्यान मार्ने धम्की दिएर फरार भएका विजौरी गाबिस ९ निबासी ३३ बर्षिय धनबहादुर पुनलाई प्रहरीले लमहीबाट पक्राउ गरेको हो ।

घटना पछि फरार भएका अभियुक्त पुनलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रदिप बस्यालको नेतृत्वमा गएको प्रहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ पछी हतियारका बारेमा सोधखोज गर्दा छिल्लोकोटकै प्रेम वलीलाई दिएको बयानका आधारमा कटुवा पेस्तोल, एक राउण्ड गोली र २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

प्रहरीले उक्त हतियारका बारेमा प्रेम वली सँग सोधपुछ गर्दा सोही ठाउँका २१ बर्षिय कमल वलीलाई राख्न दिएको भन्ने खुलेपछि निज कमल वलीको घरमा खानतलासी गर्दा घरको माथिल्लो तलामा कपडाले बेरेर लुकाई राखेको अबस्थामा बरामद गरेको छ ।

४० थान विष्फोटक पदार्थ सहित एक पक्राउ
यसैविच प्रहरीले बिजौरी ९ छिल्लीकोट बस्ने ३३ बर्षिय ओमप्रकाश पुनलाई ४० थान विष्फोटक पदार्थ डेटोनेटर सहित पक्राउ गरेको छ । पुनले घरमा अवैध बिष्फोटक पदार्थ लुकाई छिपाई राखेको भन्ने सुचनाको आधारमा प्रहरी निरीक्षक बस्यालको नेतृत्वमा गएको प्रहरी टोलीले खानतलासी गर्दा ४० थान बिष्फोटक पदार्थ डेटोनेटर बरामद गरेको एसपी सिंहले बताए ।

उक्त बरामद डेटोनेटर तत्कालिन माओवादीले छोडेर गएको र माछा मार्नलाई राखेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger