Headlines News :
Home » » डाक्टरको लापरबाहीले गर्भवती महिला र बच्चाको मृत्यु भएको भन्दै राप्ती अञ्चल अस्पतालको प्रसुति सेवा ठप्प

डाक्टरको लापरबाहीले गर्भवती महिला र बच्चाको मृत्यु भएको भन्दै राप्ती अञ्चल अस्पतालको प्रसुति सेवा ठप्प

Written By Unknown on Tuesday, August 30, 2016 | 6:52 AM


भदौ १४, दाङ । डाक्टरको लापरबाहीका कारण राप्ती अञ्चल अस्पताल तुलसीपुरमा गर्बवती महिला  र बच्चाको मृत्यु भएपछि आज प्रसुति सेवा बन्द भएको छ ।
आफन्तले अस्पतालमा धर्ना दिएका छन् । अहिले अस्पताल प्रशासन र मृतकका आफन्तहरु बिच छलफल भएको छ । आफुहरु असुरक्षित भएको भन्दै प्रसुति कक्षमा कार्यरत कर्मचारीले आज सेवा बन्द गरेका छन् ।  प्रसुति कक्षमा मृतकका आफन्तले अबरोध शिर्जना गर्दै आएपनि आफुहरुले प्रसुति कक्ष आज मंगलबारका लागि बन्द गरेको प्रसुति इन्चार्ज रमा पराजुलीले बताईन्  ।

सोमबार दाङको हेकुली २ पदमपुर निवासी २६ वार्षिया विमला न्यौपाने र उनको गर्भमा रहेकी छोरीको मृत्यु भएको हो । अस्पतालको चरम लापरबाहीले आमा र शिशुको मृत्यू भएको पिडित पक्षको आरोप छ । त्यहि बिषयलाई लिएर आज पनि अस्पताल तनाव ग्रस्त छ ।

हिजो सोमबार राती सम्म अस्पताल प्रशासन र पिडीत पक्ष विच बार्ता हुदा पनि कुनै सहमति हुन सकेन् । उनीहरुले मृतकको शब भने हिजो राति नै बुझि सकेका छन् । यता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट भोलाराम श्रेष्ठले पिडितको चित्त नबुझे न्यायका लागि अन्य निकायमा जान पनि आग्रह गरेको जनाएका छन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger