Headlines News :
Home » » दाङको लमही क्रिक्रेट मैदानमामा हुने भयो अन्तराष्ट्रिय प्रतियोगीता

दाङको लमही क्रिक्रेट मैदानमामा हुने भयो अन्तराष्ट्रिय प्रतियोगीता

Written By Unknown on Saturday, August 6, 2016 | 5:00 AM


दशरथ घिमिरे/साउन २२, दाङ  । अन्तराष्ट्रिय स्तरको क्रिक्रेट मैदानको नामले परिचीत लमहीको निर्माणाधिन क्रिक्रेट मैदानको भौतिक पूर्वाधार विकासकालागी सरकारको ध्यानाकर्षणको लागी पहिलो पल्ट सो मैदानमा अन्र्तराष्ट्रिय प्रतियोगीता हुने भएको छ ।


क्रिक्रेट मैदानमा नेपाल र भातरको क्रिक्रेट टिम विच ईण्डो क्रिक्रेट टुनामेन्टको आयोजना गर्ने तयारी चलिरहेको छ । तीन दिन सम्म टुनामेन्ट सञ्चालन गर्ने तयारी गरिएको हो ।

यसका लागी दाङ जिल्लामा खेलाडीहरुको छनौंट प्रतियोगीता पहिले सञ्चालन गर्ने र त्यस पछी टुनामेन्ट गर्ने तयारी भैरहेको अन्तराष्ट्रिय खेलाडी राजविर सिंगले जानकारी दिए ।

त्यो खेलमा दुई वटा टिमले भाग लिने छ । एउटा भारत पटनाको र अर्काे दाङको क्रिक्रेट टिम खेलमा सहभागी हुने छन् ।

नगरविकास समितिले मैदान वनाउने

अन्तराष्ट्रिय स्तरको क्रिक्रेट मैदानको चर्चा वटुलेको लमहीको क्रिक्रेट मैदानमा प्रतियोगीता सञ्चालन गर्न सक्नेगरी भौतिक पूर्वाधारको विकास गर्ने तर्फ लमही नगर विकास समितिले ध्यान दिएको वताएको छ ।

वोर्ड वैठक वाट क्रिक्रेट मैदानमा प्रतियोगीताहरु आयोजना गर्ने सम्म  चाहिने पूर्वाधार विकासको लागी लगानी लगाउने निर्णय गरेको समितिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।

टेण्डर प्रकृया वाट काम अघि वढाईने छ । पहिलो चरणमा ८० लाख भन्दा वढी रकम खर्चने तयारी छ । यस्तै जिल्ला खेलकुद विकास समितिले २० लाख रुपैयाँको लागतमा मैदानको वरीपरि संरक्षणकालागी पर्खाल लगाउने काम गरीरहेको छ ।

खेलाडीले आफै ढुङ्गा फाले र खाडल पुरे
मैदान भित्र रहेको ढुङ्गा, गिट्टी संकलन गरेर ब्यवस्थापन गर्ने, मैदान भित्र वढेको खाडलहरु पुर्ने काम स्थानीय खेलाडीहरुले गरेका छन् । अहीले क्रिक्रेट खेलको प्रशिक्षण पनी त्यही मैदानमा चलीरहेको छ ।

स्थानीय खेलाडी र क्रिक्रेट प्रेमीलाई हौसला अन्तराष्ट्रिय स्तरमा छनौंट प्रतियोगीतामा भाग लिईसकेका  क्रिक्रेट खेलाडी राजविर सिंङ्गले थपिरहेका  छन् ।

राजविर देउखुरी वेला गाविस वडा नं. ४ निवासी हुन् । स्थानीय क्रिक्रेट खेलाडी संगै राजविर आफै क्रिक्रेट मैदानको सफाईमा जुटेका हुन् । मैदानको सफाई पश्चात त्यही मैदानमा क्रिक्रेटको अभ्यास पनि उनले गराई रहेका छन् । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger