Headlines News :
Home » » दाङमा ईण्डो नेपाल अण्डर १९ क्रिकेट प्रतियोगिता सुरु, पहिलो सिरिजमा नेपालले भारतलाई हरायो

दाङमा ईण्डो नेपाल अण्डर १९ क्रिकेट प्रतियोगिता सुरु, पहिलो सिरिजमा नेपालले भारतलाई हरायो

Written By Unknown on Sunday, August 21, 2016 | 8:44 PM


नारायण खड्का/भदौ ६, दाङ । ईण्डो नेपाल अण्डर १९ क्रिकेट प्रतियोगिताको पहिलो सिरिज नेपालको दाङ देउखुरी क्रिकेट क्लवले जितेको छ ।



आइतवार उद्घाटन गरिएको पहिलो सिरिजको प्रतियोगिता भने नेपालले जितेको छ । भारतक पटनाको कुमार क्लव र देउखुरी क्रिक्रेट क्लव विच भएको पहिलो सिरिज देउखुरी क्रिक्रेट क्लवले २ विकेटले जितेको हो ।

टस जितेर पटनाले ब्याटिङ रोजेको थियो । उसले ३३ ओभरमा सवै विकेट गुमाउदै १ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पटनाको तर्फवाट अमनले २४, निशानले २०, नितेशले २५ र अंकुशले १० रन जोडेका थिए ।

त्यस्तै देउखुरी क्रिक्रेट क्लवका लागि सबैभन्दा धेरै विकेट सुरज धितालले लिए । राजविर सिङ्गले २, अकलेश यादवले २ विकेट लिएका थिए । ब्याटिङ तर्फ देउखुरी क्रिक्रेट क्लवका राहुल यादवले ४५ नटआउट रन खेलेका थिए । यादव नै पहिलो सिरिजको म्यानअफ द म्याच घोषित भए । त्यसैगरी राजविर सिङ्गले ३१ रन, विनित सिङ्गले २२ रनको योग्दान दिएका थिए ।

बलिङ तर्फ पटनाका राहुलले ४ विकेट, भैभव र अमनले समान एक-एक विकेट लिए । दोस्रो सिरिज सोमवार विहान ८ वजे वाट सुरु हुने छ । मंगलवार तेस्रो सिरिज सम्म चल्ने म्याचको पहिलो सिरिज नेपालको तर्फ वाट देउखुरी क्रिक्रेट क्लवले जितेको हो । दाङ लमहीको निर्मानाधिन क्रिक्रेट मैदानलाई चिनाउन र मैदान निर्माणमा सरकारलाई दवाव सृजनागर्न प्रतियोगिता आयोजना गरिएको हो ।

सरकारले दाङमा अन्तराष्ट्रिय स्तरको क्रिक्रेट मैदान निर्माणका लागि आर्थिक वर्षको बजेट भाषणमा उल्लेख गरेको थियो । नगर विकास समिलते मैदान निर्माणको लागि हालसम्म एक करोड जति खर्च गरेको बताएको छ ।

पटक पटक वजेट भाषणमा मैदान निर्माण वारे उल्लेख गरिनु , धेरै नेता अनि मन्त्रीहरुले आश्वासन दिदै आएको भएपनि मैदान निर्माणको कार्यले भने गति लिन सकेको छैन । त्यसैले दाङको मैदानको अवस्था देशलाई चिनाउन लमहीमा अन्र्तराष्ट्रिय प्रतियोगिता आयोजना गरिएको आयोजकहरुले बताएका छन् । तुलसीपुर आनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger