Headlines News :
Home » » तुलसीपुर उपमहानगरपालिका बन्नुका कारणहरु यस्ता छन् !

तुलसीपुर उपमहानगरपालिका बन्नुका कारणहरु यस्ता छन् !

Written By Unknown on Monday, August 15, 2016 | 6:23 AM


साउन ३१, दाङ । यस अघिपनि तुलसीपुरमा अञ्चलाधिस वस्दा घोराहीमा सिडियो बस्थे । तुलसीपुरमै पर्छ जिल्लाको एकमात्रै टरिगाउँ एयरपोर्ट । जिल्लामा सबैभन्दा धेरै क्षेत्रफल र जनसंख्या भएको नगरपालिका तुलसीपुर मात्रै हो । नेपाल संस्कृत विश्वविद्यालय तुलसीपुर क्षेत्रमै पर्छ ।



किनकि यो जिल्लाका पाँच वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं. ४ अन्तरगत नै छ । राप्ती अञचल अस्पताल तुलसीपुरमै छ । अञ्चल सदरमुकामपनि तुलसीपुर मै छ । राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरमै छ । १९ नम्वर वाहिनी तुलसीपुरमै छ । सामुदायिक क्याम्पस राप्ती बबई क्याम्पस तुलसीपुरमै छ । राप्ती आँखा अस्पताल तुलसीपुरमै छ ।

आन्तरिक राजश्व कार्यालय राप्ती, यातायात व्यवस्था कार्यालय राप्ती , आईल निगम, नेपाल खाद्य संस्थान, इन्धन डिपो कार्यालयपनि तुलसीपुरमै छ । एसीयाकै ठूलो मानिने राप्ती शान्ति उद्यान , राप्ती अञ्चल सार्वजनिक यातायात वस व्यवसायी समिति तुलसीपुरमै छ । तुलसीपुर नगरसंग सबैभन्दा ठूलो जलासयपनि छ ।

किनकी यसले दक्षिणमा बबई र उत्तरमा राम्री अर्थात सल्यान अनि रोल्पाको सिमाना छोएको छ । जिल्लाका सबैभन्दा ठूला खहरेमध्ये पातु, ग्वार, कालोखोला तुलसीपुर क्षेत्रमै छन् । अझ यसआसपासका छिमेकी गाविसहरु फूलवारी, गोलटाकुरी, हेकुली, श्रीगाउँ, मानपुर, डुरुवा उपमहानगरपालिकाको लागि तुलसीपुरमै मिल्न लालायित छन् ।

पछिल्लो केही वर्ष यता जिल्लामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुको नेतृत्व पनि तुलसीपुरले नै गरिहेको छ । नेपाली काँग्रेसका कीर्तिबहादुर खड्का, नेकपा माओवादी केन्द्का कुवेर वली , नेकपा एमालेका जोगवहादुर राणा मात्रै हैन राष्ट्रिय प्रजातन्त्रपार्टी , राप्रपा र अन्य दलका जिल्ला तहका शिर्ष नेताहरुपनि तुलसीपुर निवासी नै हुन । तुलसीपुर क्षेत्रका केही विज्ञहरुले तुलसीपुर उपमहानगरपालिका बन्नका लागि प्रस्तुत गरका पूर्वाधारहरु यस्तै छन् ।

स्थानीय तह पुर्नसंरचना सम्वन्धी छलफल जिल्लामा घनिभूत रुपमा सुरु भएको छ । तुलसीपुर नगरपालिका, जिल्ला विकास समिति र लमही नगरमा पहिलो चरणको सुझाव संकलन गरिएको छ । यसको मतलव जिल्ला व्यापि रुपमा वहस सुरु भएको छ । तर छलफलको परारम्भ हुनुपूर्व नै घोराही नगरपालिकालाई उपमहानगरपालिका वनाउनुपर्ने प्रस्ताव विभिन्न राजनीतिक दल र बौधिक वर्गवाट बाहिर ल्याइएको विषय बस्तु हो ।

जहाँ तुलसीपुर नगरपालिका र लमही नगरपालिका काउन्टिङमै पारिएनन् । त्यो राजनीतिक बेईमानी मात्रै हैन बौधिक दरिद्रता भएको सम्वन्धित नगरवासीहरुको मत छ । घोराही नगरलाई उपमहानगर बनाउनुपर्छ भन्ने मत प्रति कसैको कुनै प्रकारको विमत्ति छैन । हुनुपनि हुँदैन । तर उपमहानगरपालिका वनाउने बहस चलाउँदै गर्दा बैज्ञानिक तथ्य र संभावनाहरु भने ख्याल गरिनु उत्तिकै जरुरी छ ।

घोराहीलाई उपमहानगरपालिकाको रुपमा विकासगर्न त्रिपुर नगरपालिका लगायत विभिन्न अन्य गाविसहरु घोराही नगरमा गाभ्ने कुराहरु सार्वजनिक हुँदै आएका छन् । यस्ता सवालहरुमा चर्चा परिचर्चा र बहसहरु हुनलाई अन्यथा मान्न सकिदैन । सकारात्मक हो । तर सम्वन्धित ठाउँका जनताको राय संकलन नगरि घोराहीमा बसेर वा सिंहदरवारमा बसेर कोरिएका नक्साहरु जनताका लागि मान्य नहुन पनि सक्छन् । स्विकार्य नहुन पनि सक्छन् ।

त्यसैले यस्ता छलफलहरु जहाँ/जहाँको क्षेत्र गाभ्ने भनिएको छ त्यस क्षेत्रका स्थानीयसंग पहिला परामर्ष गर्नु आवश्यक छ । यो संगै प्राविधिक कुराको पनि हेक्का राख्न जरुरी छ । उपमहानगरपालिका बन्नका लागि आवश्यक जनसंख्या डेढ करोड पुग्छकी पुग्दैन, वार्षिक कारोवारो १० करोडको हुन्छ या हुँदैन, सडक, खानेपानी, विजुली वत्ति, टेलिफोन , सुरक्षा,शिक्षा, श्वास्थ्यको मापदण्ड अनुरुप भएको छ कि छैन भन्ने सवालहरु पनि हेक्का राख्नु आवशयक छ ।

स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति दाङको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले तुलसीपुर नगरपालिकालाई उपमहानगर पालिकाका रुपमा विकास गर्नुपर्ने राय जोडतोडले उठाएका थिए । उपमहानगर पालिकाको जनसंख्या र आन्तरिक आय आर्जनका लागि नगरपालिका छिमेकी गाविसहरु विजौरी , मानपुर ,डुरुवा फूलवारी ,गोलटाकुरी र पवन नगर गाविसलाई तुलसीपुरमा समायोजन गरि तुलसीपुरलाई उपमहानगरका रुपमा विकास गर्नुपर्ने सुझाव आएको थियो ।

कार्यक्रममा धारणा राख्दै तुलसीपुर सरोकार मञ्चका अध्यक्ष गोपीनाथ योगीले त यतिसम्म भने की दाङमा तुलसीपुर नगरपालिका वाहेक अर्काे कुनै पनि नगरपालिका उपमहानगरपालिका बन्ने आधारहरु छैनन् । आधारै नभएका नगरपालिकाहरुले उपमहानगरपालिकाको लागि बनाउन खोज्दैछन् तर त्यसभन्दा हरेक दृष्टिकोणले अब्बल तुलसीपुर नगरपालिकालाई ओझेलमा पार्न खोजिदै छ, जो स्वीकार्य हुने छैन ।

त्यस्तै जिल्लाको सबैभन्दा ठूला पानीको जलाधार ग्वारखोला, पातुखोला, कालोखोला, बबई, तुलसीपुर नगरपालिकामा पर्ने र उत्तरमा मुलकोटको मुहान भएकोले पानीको व्यवस्थापन गर्न सके उपमहानगरपालिकाको लागि प्रसस्त पानी पुग्ने उनको तर्क छ । पानीको व्यवस्थापनका लागि उल्लेखित खोलाहरुमा हाईड्याम निर्माणगर्ने प्रस्ताव आएकोले पनि तुलसीपुर नगरपालिका उपनगरपालिकाको रुपमा विकास गर्न सबैभन्दा सहज नगर भएको उनको दाबी छ ।

त्यस्तै तुलसीपुरमै बहुआयामिक सभाहल निर्माणको प्रक्रिया सुरु हुनुले पनि उपमहानगरका निर्माणका लागि आधारहरु थप मजवुत बनेको योगीको तर्क छ । तुलसीपुर नगरपालिका जनसंख्याको दृष्टिलेपनि सबैभन्दा धेरै जनसंख्या भएको जिल्लाको एकमात्रै नगर हुनुले पनि उपमहानगरपालिकाको दाबी उपयुक्त रहेको उनले बताए ।

उनले भने ‘ उपक्षेत्रीय अस्पताल खुम्चिएर बसेको छ , मतलव उ संग प्रयाप्त जग्गा छैन तर राप्ती अञ्चल अस्पतालको प्रयाप्त जग्गा छ, अरु धेरै दाताहरुले पनि जग्गा दिन तयार छन् , अझ छिमेकी गाविसहरु विजौरी , मानपुर ,डुरुवा फूलवारी ,गोलटाकुरी र पवन नगर गाविस समेत तुलसीपुरमा आउन तयार रहेकोले तुलसीपुरलाई उपमहानगरका रुपमा विकास गर्ने आधारहरु प्रसस्त हुनु हो ।’

डा. घनश्याम डाँगीले मसोटको उकालोमा यहाँलाई दाङमा स्वागत छ भन्ने होरिङ वोर्डहरु स्थापना गर्नुले पनि जिल्लामा विभेदकारी सोच हावि भएको तर्क गरे । उनले दाङ जिल्लाको सीमाना सुरु भएदेखि धानखोला पूर्व नै त्यस्ता होरिङवोर्डहरु स्थापनाहुनुपर्ने बताउँछन् । काठमान्डौं , बुटवल र नेपालगञ्जका वसपार्कवाट वस चढ्न खोज्दा दाङ जाने कि तुलसीपुर भन्ने प्रश्न चालक वा सहचालकवाट आउनुले पनि आफ्नो मन कुडिने गरेकोले समग्र जिल्लाको प्रतिनिधित्व हुन नसकेको उनले बताए ।

कतिपय राजनीतिक दल र बौद्धिक वर्गहरुले सदरमुकाम घोराहीलाई मात्रै दाङ मान्ने र अन्यलाई त्यसको उपनिवेश ठान्ने प्रबृति त्याग्न जरुरी रहेको उनको धारणा छ । उनले तुलसीपुर नगरपालिका उपमहानगरपालिका वन्नका लागि प्रयाप्त आधारहरु रहेको जिल्लाको एकमात्रै नगर भएको दाबी गरे । घोराहीले आफूलाई महाराष्ट्र भारत ठान्ने , तुलसीपुरलाई पाकिस्तान र लमहीलाई भूटान ठान्ने प्रबृतीको अन्त्य आवश्यक रहेको डा. घनश्याम डाँगीले बताए ।

दाङलाई प्रादेशिक राजधानीका रुपमा विकास गर्न आम दाङवासी एक ढिक्का हुनुपर्ने तुलसीपुरमा आयोजित कार्यक्रमका सहभागिहरुले वताउनुले पनि जनता एक भएपनि केही नेताहरको स्वार्थले एउटा ठाउँको मात्रै विकास गर्न खोजिएको उनको आरोप छ । जिल्लावासीमा क्षेत्रीयतामा विवाद भए दाङमा प्रादेशिक राजधानी वन्न नसक्ने जिल्लामा क्रियाशिल राजनीतिक दलसहित आम जिल्लावासी प्रान्तिय राजधानी दाङलाई बनाउन केन्द्रीत हुनुपर्ने सहभागीले जोड दिएका थिए ।

उनीहरुले सदरमुकामका वारेमा विवादीत हुनुभन्दा एकढिक्का भएर दाङलाई राजधानी वनाउने प्रणगरी आन्दोलनको आँधिवेहेरी श्रृजना गरेर भएपनि प्रान्तिय राजधानी दाङ वनाउन पहल हुनुपर्ने डा. डाँगीको मत छ ।

प्रादेशिक केन्द्रको भौतिक पुर्वाधारका लागि एशियाकै ठूलो उपत्यका र राम्रो जिल्ला दाङमा अन्तराष्ट्रिय महत्वका संस्कृत विश्वविद्यालय देखि सयौं विगाहा सरकारी जग्गारहेकाले पनि जिल्लावासी एकमत भए जसरी पनि ५ नं प्रदेशको राजधानी दाङमा वनाउन राजनैतिक नेतृत्वलाई दवाव दिन सकिने उनीहरुको भनाइ थियो ।

त्यसकालागि तुलसीपुर र घोराहीको विवाद गर्न नहुने उनको सुझाव छ । उनले घोराही र तुलसीपुरको अन्तरकलह यथावत रहे दाङमा स्थानीय निकाय पुर्नसंरचनामा पनि नागरिकको अपेक्षा अनुसार हुन नसक्ने बताउँछन् । तुलसीपुर अनलाइनबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger