|
|
पहिले पहिले गर्भ निरोधक उपाय अहिले को जस्तै बिकशित भैसकेको थिएन र नियमित यौन सम्पर्क पछी बच्चा नजन्मदा त्यसलाई बाझोपन कै अर्थमा लिइन्थ्यो ।अहिले गर्भ निरोधक का अनेक उपाय अबलम्वन गरिने हुँदा ति कुराहरु सान्दर्भिक छैन ।
केहि समयको अन्तराल पछी जन्माउन नै गर्भ निरोधकका विभिन्न उपाय बिकशित भएका हुन तर यी विभिन्न उपायको प्रभावकारिता भने फरक फरक हुन्छ । इम्लानटको प्रभावकारिता ९९ .९५ प्रतिशत, कपरटिको ९९ .२० प्रतिशत छ भने तिन महिने सुइ को ९७ प्रतिशत छ ।
कन्डमको कुरा गर्दा नियमित रुपमा सहि तरिकाले प्रयोग गर्दा यसको प्रभाव कारिता ९८ प्रतिशत सम्म हुन सक्छ । तर सामान्य रुपमा प्रयोग गर्दा ८५ प्रतिशत सम्म देखिएको छ । बाह्य स्खलनको विधिलाई सहि ढंगले प्रयोग गर्दा यसको प्रभावकारिता ७३ प्रतिशत सम्म मात्र हुन्छ ।
विर्य स्खलन योनी भित्रै भएको स्थितिमा पनि गर्भ धारणका लागि डिम्ब निष्काशनको समय संग तालमेल मिल्नु आवश्यक छ । श्रीमान कत्तिको अव्यस्त छन् यस कुराले पनि प्रभाव पार्छ । विर्य स्खलन हुनु ठिक अघि योनी बाट लिङ्ग झिक्ने बिधि अपनाए पनि अभ्यस्त नभएका व्यक्तिका लागि यो तरिका अपनाउन गार्हो हुन्छ ।
अब विर्य स्खलन हुने लाग्यो भनेर राम्रो संग थाहा नपाउदा लिङ्ग झिक्न ढिलो भै विर्य योनी भित्रै या योनी खेत्रमा खस्न सक्छ । यस्तो अवस्थामा पनि अबलम्बन गरिएको बिधि काम नलाग्ने भै दिन्छ । त्यस बाहेक उत्तेजनाको श्रोत जे सुकै भए पनि योन उत्तेजना भए पछि अलिकति रस लिङ्गको टुप्पमा देखिन्छ ।
यसमा सामान्यतया शुक्र किट हुदैँन । त्यसैले सामान्य अवस्थामा यो रस सम्पर्क बाट गर्भ रहदैन । तर कति पय अवस्थामा यदि केहि समय पहिले हस्त मैथुन गरेर वा योन सम्पर्क गरेर विर्य स्खलन गरेको भए गर्भ रहने सम्भावना ज्यादै रहन्छ । -साझासबालबाट साभार
Post a Comment