Headlines News :
Home » » रुकुममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४ जना घाइते

रुकुममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४ जना घाइते

Written By Unknown on Friday, August 5, 2016 | 11:17 PM


रुकुम, साउन २२ । रुकुममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार बेलुका मुसीकोट खलङ्गाबाट साख जाँदै गरेको जीप मुसिकोट नगरपालिका –८ कानेबाङमा सडकबाट करिब तीन सय मिटर तल खस्दा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुने सोही नगरपालिका घोर्खानीका टेकबहादुर विक र साखका तीर्थबहादुर पुन हुन् ।

बिकको शुक्रबार तथा पुनको थप उपचारकालागि नेपालगञ्ज लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरीक्षक रुपेश खड्काले जानकारी दिए । घाइते अरु ४ जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger