Headlines News :
Home » » प्युठानमा १ नगरपालिका र ८ गाउँपालिका बनाउने सहमति

प्युठानमा १ नगरपालिका र ८ गाउँपालिका बनाउने सहमति

Written By Unknown on Sunday, September 11, 2016 | 9:13 AM


भदौ २६, प्यूठान । जिल्लामा १ नगरपालिका र ८ गाउँपालिका बनाउनका लागि जिल्लाका राजनीतिकदलहरु सहमत भएका छन् ।
स्थानीय तह पुनःसरचंना अन्तरगर्त प्यूठान जिल्ला ९ तहमा बिभाजन गर्ने निर्णय गरिएको छ । राज्य पुनःसरचंन आयोगले प्यूठानलाई जिल्लालाई एक नगरपालिका र ६ गाँउपालिका गरी सात तहमा बिभाजन गर्न प्रस्ताब गरेको थियो । जिल्लाका राजनीतिक दलहरुको सहमतिमा ८ गाँउपालिका र १ नगरपालिका ९ स्थानीय तह रहने गरी प्रस्ताब गरिएको छ ।

पुर्नसंरचनाका लागि सिमा तथा संख्या निर्धारण आयोगले प्यूठानमा सात इकाई मात्र बनाउन सुझाव र तयारी थालेता पनि जिल्लाको भौगोलीक परिवेश अनुरुप ९ इकाईमा विभाजन गरेर उपयुक्त हुने जिल्ला स्थित राजनीतिक दलहरुको निष्कर्ष छ । ९ इकाईमा गाउँपालिका निर्माणले जनभावना अनुरुप सम्बोधन गरी सहमति गरिएको राजमो जिल्ला अध्यक्ष कृष्ण खड्काले बताए ।

अव प्यूठानमा सात गा.वि.स. समेटेर वनाइएको प्यूठान नगरपालिका सहित ४२ गा.वि.स. ९ इकाईमा सिमित हुने छन् । -दाङखबरबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger