Headlines News :
Home » » दशैँ-तिहारका अवसरमा यस्तो छ टेलिकमको ७ वटा अफर ! थाहा पाईराखौ

दशैँ-तिहारका अवसरमा यस्तो छ टेलिकमको ७ वटा अफर ! थाहा पाईराखौ

Written By Unknown on Thursday, September 29, 2016 | 6:29 AM


असोज १३, काठमाडौं । नेपाल टेलिकमले चाडपर्वलाई लक्षित गरी विभिन्न छुट तथा अफर ल्याएको छ । टेलिकमले आफ्ना ग्राहकका लागि डाटा, नाइट डाटा, भ्वाइस कलमा छुट तथा एसएमएस अफरलगायत योजना ल्याएको हो ।
यस्तो छ टेलिकमको योजना
डाटा अफर

असोज १५ देखि २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म एक सय एमबीको डाटा ५० रुपैयाँमा, २ सय ५० एमबीको डाटा एक सय रुपैयाँमा उपलब्ध गराइने टेलिकमले जनाएको छ । एक सय एमबी डाटाको अवधि ५ दिनसम्म र २ सय ५० एमबी डाटाको अवधि १० दिनसम्म रहने छ । सेवाको अवधिमा डाटा प्रयोगकर्ताले क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्ने छन् ।

नाइट डाटा अफर
जीएसएम तथा सीडीएमए दुबैमा नाइट डाटा अफर पनि उपलब्ध हुने भएको छ । यस अनुसार राति १० बजेदेखि बिहान ६ बजेसम्म ४० रुपैयाँमा पाँच सय एमबी र ८५ रुपैयाँमा १२ सय एमबी डाटा प्रयोग गर्न सकिने छ । यी डाटा भोल्युमको अवधि क्रमशः ७ दिन र १५ दिन हुनेछ । नाइट डाटा अफर आगामी असोज १५ देखि ३ महिनासम्म हुने छ ।

भ्वाइस कलमा छुट

जीएसएम तथा सीडीएमए मोबाइल सेवा मार्फत कम्पनीकै नेटवर्क भित्र हुने कलमा विद्यमान महसुल दरमा १० प्रतिशत छुट उपलब्ध गराउने नेपाल टेलिकमले गराएको छ । यसअनुसार प्रिपेड मोबाइलबाट प्रति मिनेट १ रुपैयाँ ३५ पैसा र पोष्टपेड मोबाइलबाट प्रति मिनेट ९० पैसामा कल गर्न सकिने छ । छुट आगामी असोज २२ देखि असोज २९ गते सम्म र कात्तिक १४ देखि २१ गतेसम्म उपलब्ध हुने छ ।

एसएमएस अफर
अहिले जीएसएम तथा सीडीएमए मोबाइल सेवामा प्रति एसएमएस शुल्क एक रुपैयाँ भएकोमा आगामी असोज २२ देखि २९ गतेसम्म र कात्तिक १४ देखि २१ गतेसम्म प्रत्येक एसएमएसमा ५० प्रतिशत छुट उपलब्ध हुने छ ।

स्थानीय टेलिफोनमा थप एक सय कल निःशुल्क
स्थानीय टेलिफोन सेवा मा २ सय रुपैयाँमा १ सय ७५ कल निःशुल्क उपलब्ध भएकोमा २०७३ असोज र कात्तिक महिनाको मासिक महसुल दुई सयमा थप एक सय लोकल कल उपलब्ध हुने छ । यस अनुसार अब असोज र कात्तिक महिनामा १ सय ७५ मा एक सय कल थप गरी २ सय ७५ लोकल गर्न सकिने भएको छ ।

एडिएसएल, वाइ म्याक्स, एफटिटिएच सेवामा भ्यालिडिटी थप

चाडका समयमा भ्यालिडिटी सकिने भोल्युम बेस तथा अनलिमिटेड एडिएसएल का ग्राहकलाई समय थप गरिने भएको नेपाल टेलिकमले जनाएको छ । वाइम्याक्स र एफटिटिएच सेवामा डाटा भोल्युम बाँकी रहेको तर भ्यालिडिटी सकिएको खण्डमा समय थप दिएने भएको छ ।

असोज २२ देखि असोज २८ सम्म भ्यालिडिटी सकिने ग्राहकको अवधि असोज २९ गतेसम्म र तिहार तथा छठको समयमा कात्तिक १४ देखि कात्तिक २० गतेसम्म भ्यालिडिटी सकिने ग्राहकको अवधि कात्तिक २१ गतेसम्म थप गरिने टेलिकमले जनाएको छ ।

बोनस
जीएसएम प्रिपेड तथा सीडीएमए प्रिपेडमा पिनलेस सिस्टमबाट एक सय रुपैयाँभन्दा धेरै रिचार्ज गर्दा १० प्रतिशत टल्क टाइम बोनस दिनेसमेत टेलिकमले जनाएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger