Headlines News :
Home » » दाङमा चोरेका १५ थान मोबाईल सहित तीन जना प्रहरी फन्दामा यसरि परे !

दाङमा चोरेका १५ थान मोबाईल सहित तीन जना प्रहरी फन्दामा यसरि परे !

Written By Unknown on Thursday, September 29, 2016 | 6:37 AM


असोज १३, दाङ । दाङमा प्रहरीले चोरी गरेको मोवाईल सँगै तीन जनालाई नियन्त्रणमा लिएको छ ।
बिभिन्न मोवाईल पसल तथा व्यक्तिहरुको मोवाईल चोरी भएको भन्ने सुचनाका आधारमा प्रहरीले खोजतलास गर्दा १५ थान मोबाईल सेट सँगै तीन जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयबा खटिएको प्रहरीको बिशेष टोलीले खोज तलास तथा अनुसन्धान गर्दै जाँदा विहिबार घोराही ४ चौघेराका १८ बर्षिय बिशाल बिक, घोराही ११ ट्राफिक चोक बस्ने ३२ बर्षिय बब्लु मन्सुरी र लक्ष्मीपुर ४ डाँडाँगाउँ बस्ने १७ बर्षिय निरज चौधरीलाई मोबाईल सहित पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

पक्राउ परेकाको साथबाट बिभिन्न कम्पनीका १५ थान मोवाईल सेटहरु बरामद गरी उनिहरु माथी आवश्यक अनुसन्धान भईरहेको एसपी सिंहले बताए । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger