|
|
एजेन्सीको सहयोगमा । एक अध्ययन अनुसार महिलाहरु सम्भोग पछि उदासी तथा निरास हुने गर्छन् भन्ने पत्ता लागेको छ । अस्ट्रेलियाको क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका आर्थर रोबर्टले गरेको सर्भेक्षण अनुसार सहमतीमै सेक्स गरिसकेपछि पनि महिलामा उदासी भावना जागृत हुन्छ । उनका अनुसार यो एक प्रकारको आम स्वास्थ्य समस्या हो ।
रोबर्ट र उनको टोलीले २३० जना महिलामा सर्भेक्षण गरेका थिए । त्यस क्रममा उनीहरुले पाए की निकै आनन्ददायी तथा आपसी सहमतीमै गरिएको रोमान्चक सेक्सको सत्र सकिएपछि समेत महिलाहरुमा एक प्रकारको उदासी तथा निरासीपन छाउँदछ । यस्तो भावनाका कारण महिलाहरु कहिलेकाहीँ रुन्छन् पनि । अनि यस्तो असरले ४ हप्तासम्म महिलालाई पिरोलेको हुन्छ ।
अध्ययनमा संलग्न महिलामध्ये ५ प्रतिशतले पछिल्लो एक महिनाभित्रमा आफुले यस्तो अनुभुति गरेको खुलासा गरे भने ४६ प्रतिशतले जिवनमा कम्तीमा एकचोटी आफुलाई यस्तो अनुभुति भएको बताए । सर्भेक्षणमा लिइएकी एक महिलाको कथा त निकै अनौठो पाइएको छ । उनको विवाह भएको २० वर्ष भैसकेको छ । उनी आफ्नो श्रीमानसँग नियमित रुपमा सम्भोग पनि गर्छिन् । तर सहवास गरिसकेपछि उनी प्रायः बाथरुमभित्र छिरेर एकचोटी मज्जाले रुने गर्छिन् ।
Post a Comment