Headlines News :
Home » » अदालतद्वारा महिला हिंसा गर्ने ४ जनालाई ६ महिनासम्म सडक सफा गर्न आदेश

अदालतद्वारा महिला हिंसा गर्ने ४ जनालाई ६ महिनासम्म सडक सफा गर्न आदेश

Written By Unknown on Sunday, January 10, 2016 | 8:50 AM


भारतमा महिलाहिंसाका आरोपी पुरुषमाथि अनौठो सजाय सुनाइएको छ । मुम्बइ उच्च अदालतले बिहिबार महिलामाथि दुव्र्यवहार तथा हत्याको प्रयास गर्ने चार जना अभियुक्तलाई ६ महिनासम्म सडक सफाइ गर्नुपर्ने आदेश सुनाएको हो ।

यो सँगै ती अभियुक्तहरुले आगामी ६ महिनासम्म पुलिसको निगरानीमा हरेक हप्ता सार्वजनिक सडकको सरसफाइ गर्नुपर्नेछ । नियमित रुपमा तोकिएको समयसम्म सडक सफाइ गरेपछि मात्र उनीहरुले सफाइ पाउनेछन् । महिलामाथि हिंसा गरेको आरोपमा सडक सफा गर्ने सजायँ पाउने आरोपीहरुको नाम अंकित जाधव, सुहास ठाकुर, मिलिन्द मोरे तथा अमित अधाक्ले हो ।

आफुहरुमाथि लागेको महिलामाथि दुव्र्यवहार तथा हत्या प्रयासको मुद्धाबाट सफाइ दिनका लागि उनीहरुले मुम्बइ उच्च अदालतमा अपिल गरेका थिए ।
महाराष्ट्रको ठाडे क्षेत्रमा गतवर्ष दशहराको मेलामा यी चार युवकहरुले रक्सी पिएर महिलामाथि दुव्र्यवहार गरेका थिए र त्यसो नगर्न आग्रह गर्ने एक व्यक्तिमाथि आक्रमण समेत गरेका थिए । आफुहरुले गल्ती स्विकार गरिसकेको र पीडितहरुसँग छलफलको आधारमा समस्या सुल्झाइसकेको भन्दै उनीहरुले अदालतमा आफुहरुमाथिको मुद्धा खारेज गर्न अपिल गरेका थिए । तर न्यायाधीशले भने आरोपीहरुले ६ महिना सामाजिक सेवा गरेपछि मात्र उनीहरुमाथि मुद्धा खारेज हुने फैसला सुनाएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger