Headlines News :
Home » » कोसेली पुर्याउन गएका एक नेपालीलाई साउदी अदालतले यसरि पुर्यायो मृत्युदण्डको मुखमा !

कोसेली पुर्याउन गएका एक नेपालीलाई साउदी अदालतले यसरि पुर्यायो मृत्युदण्डको मुखमा !

Written By Unknown on Saturday, February 27, 2016 | 8:39 PM


फागुन १६, दोहा । ‘ब्लडमनी’ लिएर माफी दिन स्थानीय अधिकारीहरुले समेत गरेको प्रस्ताव पीडित परिवारले अस्वीकार गरेपछि साउदीको अदालतको अदालतले एक नेपालीलाई मृत्युदण्डको फैसला सुनाएको छ । यो फैसलालाई साउदी प्रशासनले जुन सुकै बेला कार्यान्वयन गर्न सक्नेछ ।

लम्खीदेउराली– ५, पर्वतका किसन कुश्मेलीलाई हत्या गरेको भन्दै साउदी अदालतले यम्गा– ३, पाल्पा घर भई हाल चक्रपथ, खस्यौली बुटबलमा बस्ने दिलबहादुर कामीलाई फागुन ४ गते मृत्युदण्डको सजाय दिने फैसला सुनाएको थियो ।

कुश्मेली र कामी साउदीको राजधानी रियादस्थित अलजजिरा सपिङ सेन्टरमा कार्यरत कामदार थिए । ‘घरमा कोसेली पुर्‍याउन गएको बिषयमा आपसी मन मुटाव भएको झोकमा आबेगमा आएर कामीले सेप्टेम्बर २६, २००८ मा कुश्मेलीको हत्या गर्न पुगेका थिए । कामी ७ बर्षदेखि रियादस्थित अल हायर जेलमा छन् ।

साउदीस्थित नेपाली दुतावासले घटनाको गम्भीरता हेरि पीडक र पीडित पक्षबीच विवाद मिलाएर माफी दिएको पत्र पठाइदिन पहल गर्दै आएको थियो। ‘हामीले दुई पक्षबीच मिलाउन सम्बन्धित निकाय मार्फत धेरै पटक प्रयास गरिरहेका थियौं ।

पीडित पक्ष पीडकलाई माफी दिने पक्षमा देखिएन,’ साउदीका लागि कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माले भने,‘फागुन ४ गते पीडकलाई मृत्युदण्ड दिने फैसला सुनाइसकेको छ।’ -कान्तिपुर दैनिक

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger