|
|
सारी, बेल्वास र वर्जिवाङ गाविसका किसानहरुलाई बाह्रैमहिना सिंचाई सुविधा पु¥याउने उद्देश्यले आयोजना निर्माण गर्न लागिएको सिंचाई डिभिजन कार्यालय प्यूठानका प्रमुख मित्र बरालले बताए ।
‘टेण्डरमार्फत हुने सवै काम ठेकेदारले सम्पन्न गर्न लागेका छन्’,उनले भने,‘उपभोक्ता मार्फत गर्ने काम समिति निर्माणमा विवाद हुँदा आयोजना यसवर्ष पनि सम्पन्न नहुने देखिएको छ ।’ उपभोक्ता समिति मार्फत यसपटक ३६ लाख रुपैयाँ वरावरको नहर खन्ने काम हुन नसकेको उनले बताए ।
आयोजना सम्पन्न गर्ने गरी चालु आर्थिक वर्षमा साढे पाँच करोड रुपैयाँ बजेट प्राप्त भएको बरालले जानकारी दिए । आयोजना निर्माण गर्नका लागि हालसम्म करिव नौ करोड रुपैयाँ बजेट खर्च भईसकेको कार्यालयले जनाएको छ ।
नयाँ बन्ने उपभोक्ता समितिको अध्यक्ष सहित पदाधिकारी चयनमा स्थानीयहरु विच सहमती जुट्न नसकेको सारी–२ का हिरामणी भण्डारीले बताए । ‘आईतवार बोलाईएको सर्वपक्षिय भेलाले पनि समिति निर्माण गर्न सकेन’,उनले भने,‘आयोजना यसपटक सम्पन्न हुने आशा पनि हरायो ।’
स्थानीय जागेश्वर भण्डारीको अध्यक्षतामा गठित उपभोक्ता समिति सक्रिय नभएपछि नयाँ समिति गठन गर्दा विवाद बढेको भण्डारीले बताए । उपभोक्ता समिति गठनमा राजनीतिक खिचातानी बढेकाले सहमती हुन नसकेको उनको भनाई छ ।
जिल्लाको पहिचानसँग जोडिएको निर्माणधिन उक्त आयोजना यसपटक पनि अधुरै हुनेभएपछि यस क्षेत्रका किसानहरु चिन्तित भएका छन् । रोल्पाको सुलिचौरस्थित लुंग्रीमाडीबाट नहरमा पानी ल्याई बाह्रै महिना सिंचाई सुविधा गर्ने किसानहरुको आशा थियो ।
आयोजनाबाट ७ सय ६२ घरधुरी किसानको २ सय ३० हेक्टर क्षेत्रफल जमिनमा बाह्रै महिना सिंचाई गर्ने लक्ष्य लिईएको छ । tulsipuronlineबाट साभार
Post a Comment