|
|
फागुन १५, सिरहा । सिरहाको कमला नदी खण्डको इटारी पर्साही–१ मा एक महिलाको जलेको कङ्काल बेवारिसे अवस्थामा फेला परेको छ । शवको दुवै हातको हत्केला र खुट्टाको पैताला भने जल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
अन्दाजी २०–२५ वर्षकी जस्तो देखिने शवको सनाखत हुन नसकेको प्रहरीले बताएको छ । जल्न बाँकी रहेको भागमा हेर्दा गहुँ गोरो वर्ण, हात र खुट्टाको नङहरुमा सेतो क्रिम कलरको नङपालिस लगाएको देखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
घटनास्थलमा रगतका छिटाहरु समेत देखिएको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा हत्या गरी फालिएको हुनसक्ने प्रहरीले अनुमान गरेपनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गाईभैँसी चराउन गएका गोठालाले नदी किनारमा कङ्काल देखिएपछि प्रहरीलाई खबर गरेका थिए । महिलाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ । @ratopatiबाट
Post a Comment