Headlines News :
Home » » एक सातामै सुनको मुल्यमा भारि वृद्धि

एक सातामै सुनको मुल्यमा भारि वृद्धि

Written By Unknown on Saturday, February 27, 2016 | 2:01 AM


१५ फागुन, काठमाडौं । यो साता पनि नेपाली बजारमा सुनको मूल्यमा वृद्धि हुने क्रम रोकिएन । एक साताको बीचमा बजारमा सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ ।

अघिल्लो साताको शुक्रबार ५५ हजार ५ सय रुपैयाँ रहेको सुन हिजो शुक्रबार ५६ हजार ५ सय रुपैयाँ कामय भएको थियो । शनिबार पनि यही मूल्यमा कारोबार भइरहेको छ ।

गत आइतबार र सोमबार सुनको मूल्य ५५ हजार ५ सय रुपैयाँमा स्थिर थियो । तर, मंगलबार २ सय रुपैयाँले मंगिएको सुन बुधबार थप ३ सयले महंगिएर ५६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार स्थिर रहेको सुन शुक्रबार एकैपटक ५ सय रुपैयाँले बढेर ५६ हजार ५ सय रुपैयाँ पुग्यो ।
यसरी एक साताकै बीचमा सुन तोलाको १ हजार रुपैयाँले बढ्दा उपभोक्ताहरु भने प्रभावित भएका छन् । सुन अहिले झण्डै दुईवर्ष यताकै महंगो विन्दुमा पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेकाले मूल्य पनि बढेको हो । त्यसै कारण सुन महंगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अहिले बजारमा सुनको माग पनि घटेको छ । ब्यापार खासै नभएको ब्यापारीहरु बताउँछन् ।

कच्चा तेलको मूल्य घटेको र अमेरिकी डलर बलियो भएकाले सुनमा लगानी गर्नेहरु बढेका छन् । योरोजोनको अर्थतन्त्र बलियो नहुनु लगायतका कारण पनि सुनको मूल्य बढ्न प्रोत्साहन गर्ने तत्व हुन्।

अमेरिकी डलरको तुलनामा भारतीय र रुपैयाँ कमजोर भएकाले पनि सुन बजारमा मूल्य उकालो लागेको हो । -onlinekhabarबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger