|
|
घोराही,२२ फागुन / दाङको घोराहीमा सुरुभएको दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगिक कृषि मेलामा हेलिकप्टर र प्याराग्लाईडिङ पनि आकर्षण बनेको छ ।
राप्तीका पर्यटकीय क्षेत्रको अवलोकन भ्रमणका लागि हेलिकप्टरको व्यवस्था गरिएको छ । यस क्षेत्रको पर्यटन बिकास र प्रर्बद्धनका लागि यस्तो व्यवस्था गरिएको महोत्सव आयोजक दाङ जिल्ला उद्योग बाणिज्य संघले जनाएको छ ।
हेलिकप्टरबाट घोराही बजारको अवलोकनका लागि ५ हजार १ सय, दाङ उपत्यका अवलोकनका लागि ७ हजार ५ सय, स्वर्गद्धारी मन्दिरका लागि १० हजार ९ सय ९९, रुकुमको स्यार्पु ताल जानका लागि ३४ हजार ५ सय ५५ र मुगुको रारा तालका लागि ५८ हजार ८ सय ८८ प्रतिव्यक्ती भाडा निर्धारण गरिएको छ ।
यसैगरी मेलाको अर्को आकर्षणकारुपमा प्याराग्लाईडिङ पनि छ । शुक्रवार देखिनै दाङको आकाशमा प्याराग्लाईडिङ उडान भैसकेको छ ।
जिल्लाको लक्ष्मिपुर गाविस ५ सवारीकोटको जस्पुर डाँडाँबाट प्याराग्लाईडिङ उडानको व्यवस्था मिलाईएको छ । प्याराग्लाईडिङको सफल परिक्षण उडान केहि बर्ष अघि गरिएको भएपनि यो महोत्सवबाट व्यवसायिक हिसावले उडान भएको यो पहिलो हो ।
प्याराग्लाईडीङका लागि ५ वटा प्याराग्लाईडर दाङ आएका छन् । प्याराग्लाईडिङका लागि ५ हजार ५ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ । -तुलसीपुरअनलाइनबाट
Post a Comment