|
|
फागुन २२, दाङ । दाङ जिल्ला उद्योग वाणीज्य संघको आयोजनामा हिजोदेखि घोराहीमा सुरु भएको दाङ व्यापारिक तथा पर्यटन महोत्सव तथा मध्यपश्चिम औद्योगीक, कृषि मेलामा आज मोडेल शंकर बिसी र पार्वती राईले दङालीहरुलाई नचाउने भएका छन् ।
उपसमितिका संयोजक श्रीधर धितालले आज बिसी र राईको प्रस्तुती रहने जानकारी दिनुभयो ।
उहाँका अनुसार मोडलहरु शंकर विसी र पार्वती राईसँगै गायिका तथा मोडल सम्झना लामिछाने मगर, गायक सुनिल गिरीलगायतका कलाकारहरुको प्रस्तुती रहने छ । कार्यक्रमको सहजीकरण हास्य कलाकर राजा राजेन्द्रले गर्दै हुनुहुन्छ । dangkhabarबाट
Post a Comment