Headlines News :
Home » » गौचरन बनेको रोल्पाको बडाचौर विमानस्थल सञ्चालन गर्न स्थानीय बासिन्दा जुटे

गौचरन बनेको रोल्पाको बडाचौर विमानस्थल सञ्चालन गर्न स्थानीय बासिन्दा जुटे

Written By Unknown on Saturday, March 26, 2016 | 5:01 AM


रोल्पा, चैत १३ । सम्बधित निकायले चासो नराख्दा गौचरन बनेको रोल्पाको बडाचौर विमानस्थल पुनः सञ्चालनको लागि स्थानीय बासिन्दा जुटेका छन् ।

विस २०३६ वैशाख १६ गतेबाट सञ्चालनमा आएको विमानस्थलले २०४६ सालमा आएको बहुदलीय व्यबस्थापछि सेवा बन्द गर्यो । 

५२ सालमा सुरु भएको दश वर्षे सशस्त्र द्वन्द्वको समयमा विद्रोही पक्षबाट विमानस्थलको संरचना भत्काइएको थियो ।  शाही नेपाल वायु सेवा निगम (आरएनएसी) का ट्विनअटर विमानले २०३६ सालदेखी २०४६ सालसम्म डोल्पाको दुनै–रोल्पाको बडाचौर हुँदै पोखरा र काठमाडाै‌ उडान भर्ने गरेको स्थानीय बृद्ध मोहनसिङ विष्टले बताउनुभयो ।

‘विमानस्थल पञ्चायती शासनमा बनेको हुनाले २०४६ सालमा देशमा बहुदलीय शासन सुरु भएपछि पञ्चेहरुले बनाएको सबै संरचना भत्काउनुपर्छ भन्दै विमानस्थलको संरचना भत्काउन थालिएको थियो’ स्थानीय बृद्ध मोहनसिङ विष्टले भन्नुभयो, ‘त्यसपछि २०५२ सालपछि सशस्त्र द्वन्द्व सुरु भयो र विमानस्थलका सबै संरचना भत्काई माओवादीले बङ्कर खनेर संरचना बिगारे ।’

द्वन्द्वपछि देशमा गणतन्त्र आएपछि पनि विमानस्थल पुनः सञ्चालन नहुँदा स्थानीय बासिनदा चिन्तित बनेका छन् । विमानस्थल सञ्चालनमा नेतृत्व तहमा पुगेका रोल्पाबाट निर्वाचित नेताहरुले बेवास्ता गरेको भन्दै स्थानीय बासिन्दा आक्रोशित छन् । ‘०५२ साल यता देशमा धेरै शासन चले’ स्थानीय युवा एन्जल भिजन गुरुङले भन्नुभयो, ‘गणतन्त्र आएपछि रोल्पाबाट जितेर गएका धेरै नेताहरुले विमानस्थल सञ्चालनमा चासो नदेखाउनु रोल्पालीको दुर्भाग्यको कुरा हो ।’

जिल्ला परिषदबाट पटक पटक कार्यक्रम पारित गर्दा पनि बडाचौर विमानस्थलको पुनः सञ्चालनको लागि केहि सुनुवाई नभएपछि स्थानीय बासिन्दा आफै जुटेको विमानस्थल पुनः सञ्चालन अभियानका अभियन्ता अमरबहादुर थापाले बताउनुभयो । विमानस्थल पुनः सञ्चालन भएपछि युद्ध पर्यटन, जलजला ढोरपाटन, स्वर्गद्धारी लगायतका पर्यटकीय क्षेत्रको भ्रमणका लागि विदेशी पर्यटकहरु आउने स्थानीय बासिन्दाको अपेक्षा छ ।

स्थानीय बासिन्दाले बडाचौर विमानस्थल पुनः सञ्चालनका लागि पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेलसँग माग पत्र पनि बुझाएका छन् । जिल्ला परिषदबाट पटक पटक कार्यक्रम पारित गर्दा पनि बडाचौर विमानस्थल सञ्चालनको लागि केही सुनुवाई भएन । त्यसपछि स्थानीय बासिन्दाले निमित्त स्थानीय विकास अधिकारी केदार शर्मा मार्फत मन्त्रीलाई माग पत्र बुझाएका हुन् । माग पत्र बुझ्दै मन्त्री पोखरेलले यस बारेमा आफूले प्रक्रिया चाल्ने प्रतिबद्धता जनाउनुभएको छ । माधवकुमार ओली, उज्यालो अनलाइनबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger