|
|
गुगल र फेसबुकले प्रयोगकर्ताको यो इच्छा पुरा गर्ने सुविधा दिएको छ। प्रयोगकर्ताको मृत्यु पश्चात गुगल र फेसबुकले अकाउण्ट डिलिट गरिदिन्छ, तर त्यसको लागि केहि सेटिङ्गहरू मिलाउनुपर्ने हुन्छ।
तथापी, अन्य सामाजिक सञ्जालहरूले भने तपाईँको आफन्त अथवा देशको कानूनले तपाईँको अकाउण्टलाई हटाउन अनुरोध नगरेसम्म जस्ताको तस्तै राखिदिन्छ ।
त्यसैले आफू मरिसकेपछि गोप्य ई-मेल, फोटो अथवा कुनै अनलाइन डाटाहरू कसैले नदेखुन् भन्ने चाहनुहुन्छ भने यसो गर्न सकिन्छ:-
गुगल
गुगलको ‘इनएक्टिभ अकाउण्ट म्यानेजर’ (Inactive Account Manager) ले तपाईँको आफ्नो अकाउण्ट नखोलेको अथवा नचलाएको कुनै निश्चित समयपश्चात त्यसलाई के गर्ने भनेर तपाईँलाई छान्न दिन्छ। आफ्नो गुगल अकाउण्टसँग सम्बन्धित सबै सेवाहरू- जि-मेल, ब्लगर, गुगल प्लस, युट्यूब, एडसेन्स- सबैलाई कुनै निश्चित समय बितेपछि डिलिट गर्नको लागि सेटअप गर्न सक्नुहुन्छ।
त्यसको लागि:-
आफ्नो गुगल अकाउण्ट लगइन गर्नुहोस् र यो पेजमा जानुहोस्।
त्यसपछि त्यहाँ तपाईँले आफ्नो मोबाइल नम्बर प्रदान गर्नुपर्ने हुन्छ। गुगलले तपाईँको अकाउण्ट डिलिट गर्नुभन्दा अगाडि तपाईँलाई नोटिफिकेसन पठाउँदछ।
त्यसपछि तपाईँले कति समयपश्चात अकाउण्ट डिलिट गर्ने हो भनेर समय छान्नुपर्ने हुन्छ। (३ महिना, ६ महिना, ९ महिना, १ वर्ष, १५ महिना वा १८ महिना)
त्यसपछि, Optionally delete account मा Delete my account लाई Yes गर्नुहोस् र Enable मा क्लिक गर्नुहोस्।delete-google
यसपछि यदि तपाईँले दिनुभएको निश्चित समयसम्म लगइन गर्न बिर्सनुभयो अथवा पाउनुभएन भने त्यसले स्वतः तपाईँको अकाउण्ट डिलिट गरिदिनेछ।
फेसबुक
पैतृक अकाउण्ट सम्हाल्न दिने अनलाइन सर्भिसहरूमध्ये फेसबुक पनि पर्दछ। मतलब प्रयोगकर्ताको मृत्यु पश्चात कोहि आफन्तले सो अकाउण्टलाई सम्हाल्न पाउनेछन्। साथै फेसबुकले अकाउण्ट पूर्णरूपमै डिलिट गर्ने सुविधा पनि दिएको छ। (तर यसले गुगलले जस्तो निस्क्रियतालाई हेर्दैन)delete-after-death
त्यसको लागि:-
फेसबुक खोल्नुहोस्, हाम्रो अकाउण्ट लगइन गर्नुहोस् ।
अनि Settings > Security > Legacy Contact मा जानुहोस् र Account Deletion को बक्समा टिक लगाउनुहोस् । त्यसपछि तपाईँले त्यहाँ एउटा पप-अप बक्स देख्न सक्नुहुन्छ। त्यहाँ Delete After Death क्लिक गर्नुहोस् र फेसबुकको पासवर्ड पुनः राख्नुहोस् ।
यत्ति भएपछि कसैले तपाईँको फेसबुक प्रोफाइललाई memorialize (फेसबुककै एक सुविधा जसले कसैको निधन भएको बुझाउँदछ) गर्न खोज्यो भने फेसबुकले स्वतः तपाईँको अकाउण्ड डिलिट गरिदिनेछ । -कुशल श्रेष्ठ, नेपाली हेडलाइन
Post a Comment