Headlines News :
Home » » रुकुम अस्पतालको लापर्बाहीले बिरामीको मृत्यु, डाक्टरहरुले मदिरा सेवन गरेर रातभर मस्ती गरेको खुलासा

रुकुम अस्पतालको लापर्बाहीले बिरामीको मृत्यु, डाक्टरहरुले मदिरा सेवन गरेर रातभर मस्ती गरेको खुलासा

Written By Unknown on Friday, April 8, 2016 | 4:58 AM


गणेश सिर्पाली/चैत्र–२६, रुकुम । जिल्ला अस्पताल सल्ले रुकुममा उपचारका लागि लगिएका बिरामीको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीको लापर्वाहीले मृत्यू भएको आरोप लगाएका छन् । जिल्लाको चौखाबाङ गाविस वडा नं. ५ अदुवारीका ४८ बर्षिय नेपबहादुर ओलीलाई विहिवार साँझ अस्पताल पु¥याइएको थियो ।

मुटु दुखेर विरामी परेपछि अस्पताल पु¥याइएका ओलीको आज विहान सवा ६ वजेतिर मृत्यू भएको थियो । डाक्टरहरुको लापर्बाही कारण बिरामीको अकालमै ज्यान गएको भन्दै आफन्तजनहरु आक्रोशित वनेका छन ।



बिरामीको चेकजाँचमा डाक्टरहरुले बेवास्ता गरेको मृतक ओलीका भाई जयवहादुर ओलीले वताउनुभयो । हामीले विरामीको चेकजाँचका लागी डाक्टरहरुलाई अनुरोध ग¥यौं तर वास्ता गरिएन जयवहादुरले भन्नुभयो–“‘शुरुमा एकछिन चेक गरेर अवस्था सामान्य छ भन्दै ग्यास्टिकको औषधी दिए, सलाईन चढाए तर रातभरी डाक्टर हेर्न आएनन्, सलाईन सक्किएर उल्टै बिरामीको रगत सलाईनको बोतलमा तानेको थियो ।

अस्पतालमा कार्यरत डाक्टरहरुले विरामीको चेकजाँच गर्नुको साटो वेलुका उल्टै मदिरा सेवन गरेर रातभर मस्ती गरेको आफन्तजनहरुको आरोप छ । सामान्य बिरामीको ज्यान गएको भन्दै आक्रोशित आफन्तहरुले विहान एकछिन अस्पतालको कामकाज समेत प्रभावित वनाएका थिए ।

अस्पतालमा अवरोध गर्दा अन्य बिरामीहरुको स्वास्थ्यमा समस्या हुने कुरालाई ध्यानमा राखी मृतकका आफन्तहरु मानबअधिकारकर्मी तथा पत्रकारहरुलाई गुहार्न पुगेका थिए ।

१५ दिनमा सत्यतत्थ्य पत्ता लगाउने गरि छानविन समिति गठन गर्ने र शव गाउँमै पु¥याउन गाडिको व्यवस्था गर्ने सहमति भएपछि आफन्तले शव वुझेका छन ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger