|
|
(भारत) भोपाल । यी युवती फेशन डिजाइनिङको कोर्स गर्दै गरेकी एक बिद्यार्थी हुन् । फेसबुकमा एक युवक (अमिर खान) सँग उनले ४ बर्षअघि साथीको नाता जोडेकी थिईन तर त्यो नाता उनको लागि निकै घातक बन्न पुग्यो ।
पछिल्लो पटक उनलाई त्यहि फेसबुके साथीले अपहरणको कोशिश गर्यो । युवतीको अनुसार उनलाई उसले कारमा अपहरण गरेर लागेको थियो । कारमा हालेर लग्दै गर्दा उनले कारबाट हामफालेर आफुलाई अपहरण हुनबाट बचाइन् । अहिले उनलाई अपहरण गर्ने आरोपिहरुलाई भारतीय प्रहरीले गिरफ्तार गरेको छ |
पछिल्लो पटक उनलाई त्यहि फेसबुके साथीले अपहरणको कोशिश गर्यो । युवतीको अनुसार उनलाई उसले कारमा अपहरण गरेर लागेको थियो । कारमा हालेर लग्दै गर्दा उनले कारबाट हामफालेर आफुलाई अपहरण हुनबाट बचाइन् । अहिले उनलाई अपहरण गर्ने आरोपिहरुलाई भारतीय प्रहरीले गिरफ्तार गरेको छ |
कसरी भयो यो सबै घटना ?
फेसबुक स्टाटस देखेर इम्प्रेस भएँ (युवतीको बयान)
चार बर्ष अघि आमिर खानले मलाई फ्रेण्ड रिक्वेस्ट पठाएको थियो । म उसको फेसबुक स्टेटस देखेर इम्प्रेस भएको थिएँ । फेसबुकमा लेखिएको थियो, ‘बी अलवेज कमिटेड टू ईच अदर ।’ मलाई उसको फेसबुक स्टाटस एकदम मन पर्यो अनि आमिर एकदम स्मार्ट, गुडलुकिङ र ह्याण्डसम लाग्यो । मैले उसको फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरें ।
पहिले उ र म बीच नयाँ साथीको रुपमा कुरा भयो, फेरी हामीले आफ्नो फोन नम्बर शेयर गर्यौं । उ आफैलाई बीई स्टूडेन्ट र मोडल बताउथ्यो । उसले मसँग भेट्ने इच्छा राख्यो मैले उसको प्रस्ताव स्विकार गरें । अनि हामी प्राय भेट्न थाल्यौं । मलाई त्यतिखेर उसलाई भेट्न नहुने थियो । मैले उसलाई नभेटेको भए अहिले यस्तो अवस्था नै आउने थिएन ।
उसले मलाई निकै केएर गरेको जस्तो लाग्थ्यो । उसले मलाई गलत मानिसहरुदेखि बचेर रहन सल्लाह समेत दिने गर्थ्यो त्यसैले मैले उसलाई निकै राम्रो मान्छे मान्न थालें । शायद उसले त्यो सबै नाटक गरेको रहेछ, म उसको जालमा फस्दै गएको थिएँ ।
म एउटा राम्रो परिवारको छोरी हुँ । भोपाल आएकी थिएँ शुनौलो भविष्य बनाउने सोचेर । मेरो बुबा शहडोलमा माइिनङ सुपरभाइजर हुन् । मम्मी हाउसवाइफ । दुइ दिदीहरु छन्, जसको बिबाह भैसक्यो । मेरो भाई भोपालमै बीई गर्दैछ ।
पहिलेको साथि पछी पैसा ठग्न थाल्यो
उसले मलाई आफ्नो घर पनि लगेर गयो । उसके बुबा सरकारी कर्मचारी हुन् । आमा-बुबाको पनि हिन्दू-मुस्लिम बिबाह हो । बिस्तारै उसको बास्तबिकता मैले बुझ्न थालें, जब अमिरले मसँग पैसा सापटी माग्न थाल्यो । जरूरी काम भनेर सुरुमा पाँच हजार माग्यो, उसले भोली दिन्छु भनेर मागेको थियो ।
तर उसको भोली कहिलै पनि आएन । त्यसपछि उसले मसँग १/२ हजारको दरले पैसा माग्न थाल्यो । कहिले-काही उसले लागेको पैसा फिर्ता पनि दिएझैँ गर्थ्यो । कहिले बाइक किन्नको लागि त कहिले मसँग बिबाह गर्न भन्दै लाखौँ पैसा माग्न थाल्यो । उसको आमाले पनि पैसा ल्याउन भन्ने थाली ।
अमिरको २५० जना भन्दा बढी गर्लफ्रेन्ड छन्
पछिल्लो बर्ष उसले राज्य ओपन स्कूलबाट १२ औं कक्षाको फर्म बह्रेको थियो । तब मलाई थाहा भयो कि उसले जम्मा दश पास गरेको रहेछ । तब मैले उसँगको सम्बन्ध टाढा बनाउने निर्णय लिएँ । तर उ मेरो पछी लागिरह्यो ।
मलाई हरेक ठाउँमा बदनाम गर्न पुग्थ्यो । मलाई पछी थाहा भयो, उसको २५० भन्दा बढी गर्लफ्रेन्ड रहेछ । उ केटिहरुलाई फसाउन दिल्ली, राजस्थान, गुजरातसम्म जाने गर्थ्यो । मैले उसको फोन पाएँ र कार्ड डीस्ट्रोए (नष्ट) गरिदिए । त्यो फोनमा मेरो केहि तश्विर पनि थियो, जसलाई उसले गलत प्रयोग गर्न सक्थ्यो । मैले उसको बिरुद्ध खेल खेल्न सुरु गरेपछि उसले बुझेछ कि म अब उसको जालमा फस्दीन ।
घटना भएको ४ अप्रिलको दिन म राति करिव आठ बजे होस्टल पुगेको थिएँ । तब शिवजी नगर निवासी २४ बर्षीय आमिर पनि म भएको ठाउँमा आयो । अमिर आफ्नो साथि तैय्यब खानसंग मोटरसाइकलमा आएको थियो । उसंग अर्को बाइकमा अरु दुइ जना पनि थिए ।
केहि बेरपछी उसले कार ल्यायो र मलाई कारको ढोकाबाट उसको कारमा जबर्जस्ति तान्यो । उसले पहिले पनि मलाई तेजाव हान्ने धम्कि दिएको थियो । उसले मलाई अपहरण गरेको थियो । मलाई जबरास्ती कारमा राखेर कार हाक्न थाल्यो । कार स्पिडमा गुडीरहेको अवस्थामा म त्यो कारबाट हामफालेंर भाग्न सफल भएँ र बाच्न सफल भएँ । त्यस पछि मैले आफ्नो मोबाइलबाट १०० डायल गरेर प्रहरीलाई जानकारी दिएँ ।
त्यसपछी पुलिसले उसलाई अपहरणको कोशिस र मारपीटको मुद्धा लगाई अपराधी खोज्न थाल्यो । पुरानो भोपालमा लुकेर बसेको उसलाई पछी प्रहरीले पक्राउ गर्यो ।
Post a Comment