|
|
रोल्पा-२७, चैत । २०६३ सालमा भि–स्याट प्रविधिको फोन सञ्चालनका लागि गाउँमा केहि प्रविधि भित्राइएपछि रोल्पाको सेरम गाविसका बासिन्दा निकै खुःसी भएका थिए ।
गाउँमै बसेर देश तथा बिदेशमा रहेका आफन्तलाई मज्जाले फोन गर्ने आशामा रहेका सेरम बासी तब मात्र निराश भए फोन जोड्न आएका प्राविधिकहरुले उक्त गाउँमा भि–स्याट प्रविधिको फोनले काम नगर्ने बताएपछि । तत्कालीन सञ्चार मन्त्री कृष्ण बहादुर महराले ‘हात हातमामोबाइल, घर घरमा इन्टरनेट’ भन्ने नारा लिएर सबैलाई सञ्चारको पहुँचमा जोड्ने बताएका थिए ।
गाउँमै बसेर देश तथा बिदेशमा रहेका आफन्तलाई मज्जाले फोन गर्ने आशामा रहेका सेरम बासी तब मात्र निराश भए फोन जोड्न आएका प्राविधिकहरुले उक्त गाउँमा भि–स्याट प्रविधिको फोनले काम नगर्ने बताएपछि । तत्कालीन सञ्चार मन्त्री कृष्ण बहादुर महराले ‘हात हातमामोबाइल, घर घरमा इन्टरनेट’ भन्ने नारा लिएर सबैलाई सञ्चारको पहुँचमा जोड्ने बताएका थिए ।
अहिले पनि रोल्पा जिल्लाका अधिकांश ठाउँमा आफूले सञ्चारमन्त्री हुँदा सबै गाउँमा मोबाइल सेवा पु-याएको उनी स्वयम् तथा उनका पार्टी नेताहरुले भन्दै आएका छन् ।
तर दोस्रो संविधानसभा निर्वाचनमा उनै कृष्ण बहादुर महरा निर्वाचित रोल्पा क्षेत्र नम्बर १ को एउटा गाउँ भने अहिले पनि सञ्चारको पहुच भन्दा टाढा रहेको छ । उत्तरी रोल्पाको सेरम गाविसका करिब ५ ओटा वडाका जनता एक मिनेट फोन गर्नको लागि ४ घण्टाको उकालो चढ्न बाध्य छन् । चार घण्टाको उकालो चढेर पनि फोन लाग्ने नलाग्ने कुनै टुङ्गो हुदैन् ।’
सेरम–७ निवासी देविकला जि.एम.ले गुनासो गरिन् । घरको कामै छोडर फोनको लागि चार घण्टा हिड्नुपर्छ । शान्ति प्रक्रिया सुरु भएको केहि वर्ष यता रोल्पामा सञ्चार क्षेत्रमा केहि विकास भए पनि सेरम गाउँ भने अझै उक्त विकासबाट अछुतो रहेको छ । गाउँमा फोन ल्याउनको लागि धेरै पहिले देखि गाउँलेहरु लागेता पनि सम्बन्धित निकायको बेवास्ताका कारण सेरम बासीको सपना पूरा हुन नसकेको हो ।
२०६३ सालमा गाविसको लगानीमा भि–स्याट प्रविधिको फोन सञ्चालनका लागि गाउँमा केहि प्रविधि भित्राइएको थियो तर उक्त फोनले पनि गाउँमा काम नगर्ने प्राविधिकहरुले बताएपछि सो फोनका केहि प्रविधिहरु हाल बेवारिसे अवस्थामा रहेका छन् ।
गाउँमा फोन आएपछि आफन्तहरुलाई घर बाटै फोन गर्न पाइने भयो भन्दै खुःसी भएका त्यहाँका जनताहरु फोनले काम नगरे पछि निराश बनेका थिए । त्यो निराशा अहिले पनि उस्तै रहेको स्थानियको गुनासो छ । रोल्पा क्षेत्र नं. १ का संसद कृष्ण वहादुर महरा सञ्चारमन्त्री हुँदा हात हातमा फोन घर घरमा इन्टरनेट भन्ने नारा लिए पनि सो नाराले आफुहरुलाई नछोएकोस्थानीयको गुनासो छ ।
हाल एकीकृत नेकपा माओवादीका महासचिव समेत रहेका नेता महराले दोस्रो संविधानसभाको निर्वाचनमा आफुलाई भोट दिएर विजयी गराएँ सेरम गाउँमा टेलिफोनको टावर बनाइ दिने आश्वासन दिएको अहिले पनि ताजा स्मरण गर्छन् देविकला जि.एम. ‘हामिले विश्वास गरेर भोट दियौं उनले भने ।
तर नेता महरा जिताएर गएपछि हालसम्म एक पटक पनि गाउँनफर्केको उनको गुनासो छ । नेता महराले जनताको विश्वास घात गरेको समेत स्थानीयको आरोप छ । सेरम गाउँ को मुख्य समस्या सञ्चार हो’ सेरम–६ का टोम बहादुर घर्तीमगरले भने ।
चुनावको समयमा गाउँमा सञ्चारको मात्र होइन् अन्य विकास निमार्णका काम समेत गरिदिने प्रतिबद्धता नेता महराले गरेको उनको भनाई छ । फोनको टावर निमार्ण गर्नको लागि जिल्लाका सरोकारवाला निकायमा पटक पटक माग गर्दा पनि कहिँ कतैबाट चासो नदेखाइएको उनको गुनासो छ । माधवकुमार ओली,उज्यालो अनलाइन
Post a Comment