Headlines News :
Home » » रोल्पामा पहिरोले पुरिएर चार बेपत्ता, दुई सय घरधुरीले गाउँ छाडे

रोल्पामा पहिरोले पुरिएर चार बेपत्ता, दुई सय घरधुरीले गाउँ छाडे

Written By Unknown on Tuesday, July 26, 2016 | 10:26 PM


साउन १२, रोल्पा  । रोल्पामा पहिरोले पुरिएर चार जना बेपत्ता भएका छन् भने केही गाउँ जोखिममा परेका छन् । पूर्वरोल्पाको उवा गाविस ९ बेसीकम्पु गाउँको एक घर बगाउँदा ४० वर्षीया मनकुमारी पुन मगर, उनका दुई छोरा र एक छोरी पुरिएरको गाउँलेले प्रहरीलाई खबर गरेका छन् ।
फाइल तस्बिर
डिएसपी रामप्रसाद घर्तीमगरका अनुसार मंगलबार रातभरको बर्षाले घर घर बगाउँदा एकै परिवारका चारजना बेपत्ता भएका हुन् । सदरमुकाम भन्दा एक दिनको पैदल दुरीमा रहेकाले अझैसम्म प्रहरी घटनास्थल स्थल पुग्न सकेको छैन । घटनास्थल जाँदै गरेको प्रहरी समेत सम्पर्क बाहिर छ ।

करिब सात सय सर्वसाधारण उवा कै भानुभक्त माद्यामिक विद्यालयमा छन् आश्रय लिएर बसेका छन् ।  रोल्पाको पोवाङ, सुलिचौर र सदरमुकाम लिवाङबाट प्रहरीको टोली घटनास्थलतर्फ हिडेको छ ।

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माका अनुसार सदरमुकाम लिवाङबाट खड्गदल गणबाट नेपाली सेनाको टोली समेत घटनास्थलतर्फ हिडेको छ । उवा गाविसका ठूलोगाउँ, पिरङ्गी, लगङ्जा र कुस्पाङ गाउँ पहिरोको जोखिममा छन् ।

अर्को गाम गाविसका समेत १५ घर पहिरोको जोखिममा रहेकाले प्रहरीले त्यहाँका स्थानीयबासीलाई उद्धार गरेर सुरक्षित स्थानमा लगेको छ ।  अन्नपुर्ण पोस्टबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger