Headlines News :
Home » » दाङमा गोली हानेर २ जनाको हत्या गर्ने पुन कोइलावास जंगलबाट परे प्रहरी फन्दामा

दाङमा गोली हानेर २ जनाको हत्या गर्ने पुन कोइलावास जंगलबाट परे प्रहरी फन्दामा

Written By Unknown on Monday, August 22, 2016 | 7:57 PM


सन्तोषकुमार गुप्ता/भदौ ७, दाङ । दाङको गढवामा गोली हानेर दुई जनाको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

आईतबार राती साढे १० बजे भरुवा बन्दुकले प्रहार गरेको गोली लागेर गढवा गाबिस ५ खबरीमा दुई जनाको मृत्यु भएको थियो ।



खबरीका ४५ बर्षिय कर्णबहादुर पुनले सोही ठाउँ बस्ने ३२ बर्षिय कालु रोका र ३५ बर्षिय राज रोकालाई गोली हानेर हत्या गरेका थिए । तीजको नाँच हेरेर फर्कन लागेको रोका द्धयलाई पुनले मोटरसाईक स्टार्ट गरेर अघि बढ्नै लाग्दा पछिबाट गोली प्रहार भएको थियो ।

मोटरसाईकको पछाडी बसेका कालु रोकाको गर्धनमा लागेको गोलीले मोटरसाईकल चलाएका राजुलाई पनि लागेको थियो । गोली लागेर गम्भिर घाईते भएका उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा कालुको बाटो मै र राजुको कोहोलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्युभएको जिल्ला प्रहरी प्रमुख एसपी सिंहले बताए । घटना स्थलबाट भरुवा बन्दुक एक थान बरामद भएको छ ।

घटना पछि भागेका पुनलाई खोजविन गर्ने क्रलममा कोईलासको जंगलमा फेला पारेका हुन् । प्रहरी र स्थानियले खोज्ने क्रममा घटना भएको २ घण्टा मै राती साढे १२ बजे जंगलबाट पुनलाई पक्राउ गरिएको सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै प्रहरीले जानकारी दिएको छ । साझासबाल अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger