Headlines News :
Home » » दाङ मानपुरका हिरामणीको हत्या अभियोगमा चार जना पक्राउ

दाङ मानपुरका हिरामणीको हत्या अभियोगमा चार जना पक्राउ

Written By Unknown on Monday, August 22, 2016 | 8:04 PM


सन्तोषकुमार गुप्ता/भदौ ७, दाङ । दाङको मानपुरमा चार दिन पहिले एक जनाको हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर सोमबार सार्वजनिक गरेको छ ।


मानपुर गाबिस ८ मंगरीगाउँका २६ बर्षिय हिरामणि चौधरीको हत्या गरेको अभियोगमा मानपुर ८ जमेरा बस्ने १७ बर्षिय राजन चौधरी, मनोज चौधरी, २७ बर्षिय रामबहादुर चौधरी र २९ बर्षिय चन्द्रबिर चौधरीलाई नियन्त्रणमा लिएर सोमबार प्रहरीले सार्वजनिक गरेको हो ।

जनै पूर्णिमाको दिन डुरुवा ४ कोठरीमा ४ जना साथीहरु बसेर मदिरा सेवन गरेका थिए ।

त्यहाँबाट हिरामणि चौधरी घर जाने क्रममा बगौसीमा मादक पदार्थ सेवन गरेर बसेका राजन चौधरी सहितको युवाहरु सामान्य बिषयमा बिबाद हुदा उनिहरुले हिरामणिलाई ढुंगा प्रहार गरेर हत्या गरेको प्रहरी समक्ष स्विकार गरेका छन् ।

मदिराले मातेका ४ जना युवाहरु मध्य रामबहादुर सडक छेउमा सुतेको र हिरामणिले लात्ताले हानेर उठाउन खोजे पछि उनिहरुका बिचमा बिबाद भएर ४ जनाले हिरामणिको हत्या गरेको खुलेको एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर थप अनुसन्धान भैरहेको र अभियुक्तहरुलाई ज्यान सम्बन्धी मुद्धाका कार्वाही हुने प्रहरीले जानकारी दिएको छ ।

यसैविच बितेको आर्थीक बर्षमा ७ वटा कर्तव्य ज्यान मुद्धाको सफल अनुसन्धान भई अभियुक्तहरु पूपक्र्षका लागि थुनामा रहेको समेत एसपी सिंहले पत्रकार सम्मेलनमा जानकारी दिए । साझासबल अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger