Headlines News :
Home » » तीनबुँदे प्रस्तावलाई सकारात्मक भन्दै भारतद्वारा स्वागत

तीनबुँदे प्रस्तावलाई सकारात्मक भन्दै भारतद्वारा स्वागत

Written By Unknown on Monday, December 21, 2015 | 5:58 AM


पुस ६, काठमाडौं । मधेस समस्या समाधानका लागि सरकारले अघि सारेको तीनबुँदे प्रस्तावको भारतले स्वागत गरेको छ । साथै उसले नेपालको अवस्था सामान्य हुनासाथ दुईर् देशको व्यापार सहज हुने विश्वास समेत व्यक्त गरेको छ ।

भारतीय विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी मन्त्रिपरिषदले पास गरेको प्रस्ताव उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले विदेशमन्त्री सुष्मा स्वराजलाई जानकारी गराएको बताएको छ । ‘नेपालको गतिरोध अन्त्यका लागि भएको सकारात्मक विकासको भारत सरकार स्वागत गर्छ’ विज्ञप्तिमा भनिएको छ ।

भारतले छिमेकी र शुभचिन्तक हुनुको नाताले नेपालमा संविधानलाई लिएर देखिएको मतभेद र अशान्तिसँग आफ्नो गहिरो सम्वन्ध रहेको बताएको छ । उसले संवैधानिक मुद्धामा देखिएको असन्तुष्टि सम्बोधनका लागि आवश्यक परिपक्कता र लचकता देखाउन नेपालका राजनीतिक दलहरुलाई आग्रह समेत गरेको छ ।

भारतले नेपालको अवस्था सामान्य हुनासाथ दुई देशबीचको व्यापारका लागि सहज वातावरण बन्ने बताएको छ । www.onlinekhabarबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger