Headlines News :
Home » » सल्लाको खोटोबाट पेट्रोल निकालेर देखाएका दाङका रोकाले पलास्टिकबाट डिजेल उत्पादन गरी सफल परिक्षण गरे

सल्लाको खोटोबाट पेट्रोल निकालेर देखाएका दाङका रोकाले पलास्टिकबाट डिजेल उत्पादन गरी सफल परिक्षण गरे

Written By Unknown on Tuesday, December 29, 2015 | 6:53 PM


पुस १५,  दाङ । दाङका युवा बैज्ञानिक मार्सल रोकाले पलास्टिकबाट डिजेल उत्पादन गरी मंगलवार सफल परिक्षण गरेका छन् । 

घोराही स्थित नेपाल पत्रकार महासंघको भवनमा मंगलवार प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले, जिल्ला प्रहरी प्रमुख एसपी कुवेर कडायत, शसस्त्र प्रहरी कारागार वेश क्याम्प घोराहीका प्रमुख विमल डाँगी र जिल्लाका पत्रकारहरु माझ रोकाले उक्त प्रदशन गरेका थिए ।

जिल्लामा युवा बैज्ञानिकको परिचय पाएका रोकाले घरमै पलास्टिकबाट उत्पादित डिजेलको प्रयोग गरी ट्रेक्टर चलायर उपस्थित सबैलाई देखाएका थिए । उनले महासंघको भवन देखि घोराहीको तुलसीपुर चौक सम्म पलास्टिकबाट उत्पादित डिजेलबाट उक्त ट्रेक्टर चलाएर सफल परिक्षण गरेका थिए ।

रोकाले यो आफ्नो ३८सौं आवस्किार भएको जानकारी दिए । उनले पलास्टिकवाट व्यवसायिक रुपमा डिजेल निकाल्न सकिने जानकारी दिँदै त्यसो भएमा फोहर पनि नियन्त्रणगर्न सकिने वताए ।

यसअघि उनले सल्लाको खोटोवाटो उत्पादित पेट्रोलबाट मोटरसाइकल चलाएर देखाएका थिए । उनले अहिले पनि आफनो मोटरसाइकलमा उक्त इन्धननै प्रयोग गर्दै आएका छन् । खोटोवाट उत्पादित पेट्रोल भन्दा पहिला उनले ३ दर्जन जति आवस्किार गरि सकेका थिए । नारायण खड्का,Tulsipuronlineबाट


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger