Headlines News :
Home » » आफ्नै मृत्युको समाचार पढेपछि...

आफ्नै मृत्युको समाचार पढेपछि...

Written By Unknown on Tuesday, December 29, 2015 | 7:19 PM


पुस १५, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक ठोकर्पा–३ पहरी बस्तीका ३५ वर्षीय यमबहादुर पहरी केही दिनदेखि चिन्ति छन् । उनको मोबाइलमा एकोहोरो फोनको घन्टी बजिरहन्छ र एउटै प्रश्नले उनी हैरान हुन्छन् । उनी सबैलाई एउटै जवाफ दिदाँदिँदा थाकिसके, ‘म जिउँदै छु, मलाई केही भएको छैन ।’

जिउँदो मान्छेलाई मरेको भन्ने समाचार सार्वजनिक भएपछि कस्तो महसुस होला ? हो यस्तै भएको छ अहिले पहरीलाई । राजधानी दैनिकमा समाचार छ ।

ठोकर्पा–३ को पहरी बस्तीमा चिसोका कारण सात भूकम्पपीडितको मृत्यु भएको र मृत्यु हुनेको सूचीमा उनको पनि नाम भएको थाहा पाएपछि यमबहादुर चिन्तित बनेका छन् । आफन्त र नातागोतालाई दैनिकजसो आफूलाई केही नभएको बताइ रहेका छन्, उनी । केही दिनअघि उनको घरमा पुग्दा छिमेकीसहित यमबहादुर घरमै थिए, गाउँमै सिकर्मी काम गर्ने यमशादुर पुसको चिसोले मरेको सूचना केही सञ्चारमाध्यममा आएको थियो ।

बुधवार बिहान रेडियोमा चिसोले सातजनाको मृत्यु भएको खबर सुने पनि आफ्नै नाम भने उनले याद गरेनन् । दिउँसो काठमाडौँमा रहेका आफन्तले तपाई मरेको भन्ने खबर आएको छ तर तपाई फोन उठाइरहनु भएको छ त भन्दा यमबहादुर चकित भएका थिए ।

उनको गाउँमा यमबहादुर नाम गरेका चार जना छन् न आफूबाहेक अरु नै यमबहादुरको मृत्यु भएको हो कि भनेर उनले सोधीखोजी पनि गरे ।‘यमबहादुर नाम गरेका सबै सकुशल पाएँ, उनले थपे,‘मेरो कसैसँग रिसइवी पनि छैन, गाउँमै बस्ने कृषक हो तर किन मलाई म¥यो भनेर समाचार बनाए? निकै दुख लागेको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger