Headlines News :
Home » » प्रक्रिया मिच्दै विराटको पेट्रोल राजधानीमा, टयांकरबाट सोझै जर्किनमा

प्रक्रिया मिच्दै विराटको पेट्रोल राजधानीमा, टयांकरबाट सोझै जर्किनमा

Written By Unknown on Tuesday, December 29, 2015 | 7:14 PM


पुस १५, काठमाडौँ । भारतले नाकाबन्दी लगाएपछि अभाव पूर्ति गर्न पेट्रोलियम पदार्थ ल्याउने अनुमति पाएको विवादास्पद निजी कम्पनी विराटनगरस्थित विराट पेट्रोलियमले मंगलवार साँझ राजधानीमा ट्यांकरबाट सिधै उपभोक्तालाई चर्को मूल्यमा पेट्रोल बिक्री गरेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

कुनै कानुनी प्रक्रिया पूरा नगरी, सुरक्षा संवेदनशीलतासमेत नहेरी विराटले डिल्लीबजार, कालिकास्थानस्थित प्रस्तावित नेशनल मेडिकल कलेजको कम्पाउन्डबाट उपभोक्तालाई लाइन राखेर जर्किन, ड्रमलगायत भाँडामा समेत पेट्रोल बेचेको हो ।

सरकारी नियमअनुसार पेट्रोल आयात गरेपछि आपूर्ति व्यवस्थापन विभागले त्यसको मूल्य निर्धारण गर्छ । त्यसपछि नापतौल तथा गुणस्तर नियन्त्रण विभागले तेलको गुणस्तर परीक्षण गरी प्रमाण्पत्र दिन्छ ।

अनिमात्र बेचबिखन थगर्न पाइन्छ । त्यो पनि पेट्रोल बिक्री पम्पबाटै गर्नुपर्छ, पिउने पानी बाँडेजसरी खुलमखुला बाँड्दा जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने भएकाले त्यसरी बेच्न पाइन्न ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger