|
|
पुस १५, काठमाडौँ । अर्थ मन्त्रालयले भूकम्पबाट ध्वस्त भौतिक संरचना पुनर्निर्माण गर्न विभिन्न मित्र राष्ट्र र दातृ निकायसँग ९० अर्ब रुपैयाँभन्दा बढी रकमको सम्झौता गरिसकेको छ ।
सरकारले यही पैसा गाउँसम्म पुर्याउन नसक्दा चिसोका कारण दैनिकजसो भूकम्पपीडितले जीवन गुमाइरहेका छन् । अहिलेसम्म दुई दर्जनभन्दा बढी भूकम्पपीडितको अस्थायी टहरामा ठिही सहनै नसकेर मृत्यु भइसकेको छ । यस्तो हुनुमा प्रमुख राजनीतिक दलको बेइमानी र सरकारी ढिलासुस्ती नै कारक देखिन्छ ।
‘चालु आर्थिक वर्षमा विभिन्न मित्र राष्ट्र र दातृ निकायसँग पुनर्निर्माणका लागि ९० अर्ब रुपैयाँभन्दा बढी रकमको सम्झौता भइसकेको छ,’ अर्थ मन्त्रालय वैदेशिक सहयोग समन्वय महाशाखा प्रमुख मधु मरासिनीले भने, ‘मन्त्रालय अरूसँग पनि सम्झौत ागर्ने तयारीमा छ ।’
अहिलेसम्म सम्झौता भएको ९० अर्बभन्दा बढी रकम सरकारले तत्कालै खर्च गर्न सक्ने जानकारी दिदैँ मरासिनीले पुनर्निर्माणका लागि रकम अभाव नरहृेको प्रस्ट पारे । नागरिक दैनिकबाट
Post a Comment